पाल्पा – पाल्पाको निस्दी गाउँपालिका– ७ बाट जन्ती लिएर भवासतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। जीपमा सवार एक जना भने हाम फालेर बाच्न सफल भएको बताइएको छ।
निस्दीको मित्याल भीरबाट लु १ ज १९४१ नम्बर जीप करिव तीन सय मिटर तल खसेको जिल्ला प्रहरीकार्यालय पाल्पाका प्रमुख विश्वमणि पोखरेलले जानकारी दिए। जीप आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
जीप बिहेका लागि निस्दीको मित्याल भीरपानीमा दुलाहादुलही छाडेर हुवास फर्कने क्रममा दुर्घटना भएको बुझिएकाे छ।
जिपमा ६ जना सवार थिए । दुर्घटना ग्रस्त जीपमा सोही जीपका चालक बुद्धीबल थापा, चारघरेका ५२ वर्षीय खडगबहादुर सोमी र ५० वर्षीय देवीलाल खन्गाहा, हुवासका ४६ वर्षीया लालबहादुर सारु र ५० बर्षीय सन्तबहादुर सारु रहेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४