बिहीबार, साउन २१, २०८३

सत्यमोहनको जन्म शताब्दी भब्यरुपमा मनाइने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – शताब्दी पुरूष सत्यमोहन जोशीको शताब्दी वर्ष ललितपुर महानगरपालिकाले भव्यरुपमा मनाउने भएको छ। बैशाख ३० गते सय वर्ष पुग्न लागेका जोशीको जन्म शताब्दी वर्षभरी विभिद कार्यक्रमगरी मनाउने महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाको दोस्रो नगरसभाले वि.सं. २०७६ बैशाख ३० गतेदेखि एक वर्ष भरि २०७७ बैशाख ३० गतेसम्म विभिन्न कार्यक्रम गरी जन्मशताब्दी मनाउने निर्णय गरेको थियो। ललितपुर महानगरपालिकाका  मेयर चिरीबाबु महर्जनले आफ्नो नेतृत्वमा सतवार्षिकी मनाउनका लागि एक सय ११  सदस्य समिति गठन गरेका छन्। 

महानगरपालिकाले जोशीको सतवार्षिकीका अवसरमा उनले लेखेको ‘सेतो चैत्य’ पुस्तक  अंग्रेजीमा अनुवाद  गर्ने, ‘चारूती’ को पाण्डुलिपिलाई नेपाली प्रकाशन गर्ने, जोशीको जीवनी पुस्तकमा समावेशको लागि पहल गर्ने, जोशीको जन्मोत्सवको अवसरमा निमार्ण हुँने वेवसाइडमा उनीसँग सम्वन्धित पाठ्या सामग्री राख्ने, सरकारसँगको समन्वयमा जोशीको  तस्बिर अंकित हुलाक टिकट प्रकाशन गर्ने लगायतका  कार्यक्रमको घोषणा गरेको छ। 

यस्तै, महानगापालिकाले जोशीको तस्बिर अंकित विभिन्न दर रेटका मुन्द्रा निस्कासन गर्ने प्रक्रिया भइरहेकोसमेत जानकारी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।