बिहीबार, साउन २१, २०८३

बजेट अधिवेशन सुरु : यस्ता छन् एजेन्डा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को चौथो अधिवेशन सुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा दुवै सदनको अधिवेशन सुरु भएको हो ।
 
नेपालको संविधानमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ । एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भका बीचको अवधि छ महीनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था  छ ।

वर्षे अधिवेशनका रुपमा रहने यो अधिवेशनमा सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने छ ।

सरकारको आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम यही वैशाख २० गते प्रस्तुत गर्ने प्रारम्भिक कार्यसूची तय भएको छ । संविधानमै व्यवस्था भएअनुरुप सरकारले आवको बजेट जेठ १५ गते प्रस्तुत गर्ने छ ।

यद्यपी यसपटक प्रि बजेट छलफलमा किचलो देखिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नीति तथा कार्यक्रम अघि नै प्रि बजेट छलफल हुनु पर्ने अडान राखेको छ । तर, सरकार पहिला नीति तथा कार्यक्रम पेश गर्ने तयारीमा छ । 

सरकार र प्रतिपक्ष दलको जुहारीले संसद्को काम कारबाही सहज ढङ्गले अघि नबढ्ने संकेत देखिएको छ । 
 
बजेट अधिवेशनको पहिलो दिनका सम्भावित कार्यसूची दुबै सदनले तयार पारिसकेका छन् । बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाइनेछ। 

यस्तै दुबै सदनमा सभाध्यक्षको अनुपस्थितिमा बैठक सञ्चालका लागि ‘स्पिकर प्यानल’को चयन हुनेछ। हरेक अधिवेशनमा उक्त प्यानमा रहनेका नाम घोषणा गरिन्छ।  

यसैगरी बैठकमा राजनीतिक दलका नेताले सम्बोधन गर्ने प्रचलन छ। आइतबारसम्म राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्ने वा नगर्ने स्पष्ट भएको छैन।
 
सोमबार दिउँसो १ ०० बजे कार्यव्यवस्था परामर्श समिति बैठक बोलाइएको छ। सो बैठकले उक्त समय निर्धारण गर्नेछ। यसअघिको अभ्यास अनुसार भने अधिवेशन सुरु हुँदा शीर्ष नेताहरूले सम्बोधन गर्ने प्रचलन छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।