बिहीबार, साउन २१, २०८३

बहुविवाह गर्ने दुबै कारवाहीमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

अछाम – बहुविवाह गरेको अभियोगमा प्रहरीले पञ्चदेवल विनायक नगरपालिका–६ का २२ वर्षीय नवीन रावल र कमलबजार नगरपालिका– ४ चाल्साका २० वर्षीय रम्बा थापालाई पक्राउ गरेकोे छ। नवीनकी श्रीमती मेनुका बटाला (रावल)ले आफ्नो श्रीमान्  वैशाख ९ गतेबाट दोस्रो विवाह गरी फरार रहेकाले खोज तलास गरी पाउँ भन्दै उजुरी गर्नुभएपछि प्रहरीको टोलीले दुवैजनालाई सुर्खेतबाट पक्राउ गरेको थियो। 

बहुविवाह गरी अछामबाट भागेर सुर्खेतको वीरेन्द्रनगर–६ स्थित बजारमा रहेको होटलमा बसिराखेको अवस्थामा वैशाख १३ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले बताए। श्रीमती बटाला (रावल) ले बहुविवाह सम्बन्धी कसूरमा कारबाहीका लागि जाहेरी गरेकामा दुबैलाई अछाम जिल्ला अदालतबाट म्याद थप गराई हिरासतमा लिई अनुसन्धान थालिएकोे उनले  जानकारी दिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।