शुक्रबार, वैशाख १४, २०८१

लागुऔषधसहित भारतीय नागरिक पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम - प्रहरीले लागुऔषधसहित पर्सा जिल्लाबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय नागरिक ६० वर्षीय कलिम ठाकुर रहेको प्रहरीले जनाएको छ।
नेपालबाट भारततर्फ पैदल भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीले ठाकुरलाई पर्साको जिराभवानी गाउँपालिका–१ बलुवाबाट नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।

ठाकुरको साथबाट प्रतिबन्धित १ किलो ५ सय ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

यसैगरी वीरगंज महानगरपालिका–१२ स्थित मुर्ली पोखरीबाट प्रहरीले लावारिस अवस्थामा ६ किलो ५ सय ग्राम चरेश बरामद गरेको छ। स्थानीय बालकहरु पोखरीमा नुहाउने क्रममा प्लास्टिकमा पोको पारी लुकाइ राखेको चरेश फेला पारेको थियो । स्थानीयले खबर गरेपछि प्रहरीले बरामद गरिएको चरेश नियन्त्रणमा लिएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यता सिरहाबाट डाकासम्बन्धी मुद्दाका फरार एकजना अभियुक्तसमेत लागुऔषधसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिरहा नगरपालिका–१० मिर्चैया बस्ने २२ वर्षीय रविन्द्र यादव रहेको प्रहरीले जनाएको छ।

विशेष सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले यादवलाई सीमा क्षेत्र माडरबाट पक्राउ गरेको हो। यादवको साथबाट नाइट्राभेट टुयाबलेट २४५ थान, नाइट्रोसन ट्याबलेट ८० थान, स्पास पाल्कन १६ थान, छुरा १ थान बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका यादव विभित्र स्थानमा डाका चोरी मुद्दाका फरार अभियुक्तसमेत रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता डीएसपी दानबहादुर थापाले बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।