बिहीबार, साउन २१, २०८३

वडाअध्यक्ष घुससहित अख्तियारको फन्दामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – सप्तरीका एकजना वडाअध्यक्ष घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीको सुरुङा गाउँपालिका–५ का अध्यक्ष शिल्टु मियाँलाई सोमबार बिहान घुससहित पक्राउ गरेको हो।

एकजना सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा इटहरीस्थित अख्तियारको क्षेत्रीय कार्यालयबाट पुगेको टोलीले नेकपाबाट निर्वाचित वडाअध्यक्ष मियाँलाई नियन्त्रणमा लिएको बताइएको छ।

सप्तरीको कुसहास्थित वडाअध्यक्ष आफ्नै सःमिलमा बसेर सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा मियाँलाई अख्तियारको टोलीले पक्राउ गरेको जनाइएको छ। पक्राउ परेका मियाँबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।