काठमाडौं - काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा केदार न्यौपानेको सोमबार पदबहाली भएको छ। सचिव न्यौपाने प्रदेश १ को प्रमुख सचिव थिए।
मन्त्रिपरिषद्को वैशाख २ गतेको निर्णयअनुसार महानगरको प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएका हुन्। पद बहाली भएसँगै न्यौपानेले सार्वजनिक सेवा प्रदायकलाई समन्वय गरेर, राजधानी सहरको छवि सुधार गर्ने प्रयासरत रहने बताए। महानगरको प्रशासन विभागका प्रमुख ज्ञानेन्द्र कार्कीले महानगरको विद्यमान अवस्थाका विषयमा जानकारी गराए। उनले छरिएका कार्यालय र साबिक व्यवस्थामा महानगरमा सेवा सुरु गरेका कर्मचारी समायोजन अहिलेको प्रमुख समस्या भएको बताए।
यसअघि महानगरमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरकारका सचिव यादवप्रसाद कोइराला संघीय तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४