बिहीबार, साउन २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बालुवाटारमा ओलीलाई हाइकमान्डको प्रश्न : भ्रष्टचार किन रोकिएन ?

बालुवाटारमा ओलीलाई हाइकमान्डको प्रश्न : भ्रष्टचार किन रोकिएन ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको नेकपा सचिवालय बैठकमा भ्रष्टाचार नियन्त्रणको विषय प्रमुख मुद्दाका रूपमा उठेको छ।

एकीकरण प्रक्रियाका बाँकी विषय तथा आगामी नीति तथा कार्यक्रमबारे छलफल गर्न बसेको बैठकमा भ्रष्टाचारका कारण सरकार र पार्टी बदनाम हुँदै गएको धारणा सचिवालय सदस्यहरुले राखेका थिए। उनीहरुको प्रश्न थियो, यति शक्तिशाली सरकार हुँदा पनि किन भ्रष्टाचार नियन्त्रण हुन सकेन ?

खासगरी हालै सार्वजनिक भएको ललितानिवासको जग्गा हिनामिना प्रकरण, एनसेलको कर छली प्रकरण, वाइडबडीलगायत मुद्दा लक्षित गर्दै भ्रष्टाचार नियन्त्रण हुन नसकेको र यसका लागि प्रभावकारी रणनीति आवश्यक रहेको धारणा सचिवालय सदस्यहरुले राखेको सहभागी एक सदस्यले बताए।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम एवं बजेटमा भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखिने बताएका थिए।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल वामदेव गौतमलगायतले पार्टीको घोषणापत्रअनुसार नीति तथा कार्यक्रम र बजेट ल्याउन प्रधानमन्त्री ओलीलाई सुझाव थिए। उनीहरुले समाजवाद उन्मुख अर्थतन्त्रलाई आधार मानेर नीति कार्यक्रम ल्याउन सुझाव दिएका थिए।

बैठकमा जनसंगठन नेताहरुको कार्य विभाजन र पोलिटब्युरो गठन गर्ने एजेन्डा भए पनि सोमबार त्यसमा छलफल भएन।  गत जेठ ३ गते पार्टी एकीकरणपछि पहिलोपल्ट गत साता जिल्ला नेतृत्वको टुंगो लगाएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।