बिहीबार, साउन २१, २०८३

अनि कोरियाको भिसा थन्क्याएर बाख्रा पाले ...

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत- कमल बिसीको भर्खरै एसएलसी सकिएको थियो। पढेर खासै प्रगति नहुने भन्दै आफन्त र साथीभाइले विदेश जानुपर्ने सुझाव दिए। दाैंतरी र छिमेकी दाजुभाइ पनि विदेशमै थिए।

पढ्ने इच्छा भए पनि पैसा कमाउनैपर्ने अवस्था थियो। कारण म घरको जेठो छोरा हुँ। भेरीगंगा नगरपालिका–१३ रामघाटका  बिसीले आफ्ना विगत सम्झिँदै भने, 'एक वर्ष काठमाडौं बसेर कोरियाली भाषा सिके', सन् २०१३ मा कोरियन भाषा परीक्षामा नाम पनि निस्कियो।'

भाषाको नतिजा आएदेखि कति बेला कोरियाको भिसा आउला जस्तो लाग्थ्यो। एकातिर काठमाडौं बस्दा लागेको खर्च अर्कातिर कोरिया जान लाग्ने ऋण काडेको लामो समय भयो। जतिजति समय बित्दै गयो त्यति नै मनमा कोरियाको भिसा लागेन भने के गर्ने भन्ने चिन्ताले सतायो।

लामो समयसम्म कोरिया उड्ने दिन नआएपछि त्यसको विकल्प खोज्न थाले उनी। त्यत्तिकैमा केही आफन्तले इन्डियन आर्मीमा भर्ती हुन सुझाव दिए। आखिर कोरिया गए पनि आर्मी भए पनि लक्ष्य त पैसा कमाउनु थियो।



नाम निस्केको एक वर्ष बितिसक्दा पनि कोरिया उड्ने दिन नआएपछि बाँकी एक वर्षसम्म इन्डियन आर्मीका लागि प्रयास गरे। भाग्यमा इन्डियन आर्मी पनि लेखेको रहेनछ। कोरियाको भिसा आएकै समयमा इन्डियन आर्मीको अन्तिम परीक्षामा सामेल थिए।

इन्डियन आर्मी हुने आसमा कोरियाको भिसा त्यागेका उनले अन्तः इन्डियन आर्मी बन्न पनि चुके। उनी भन्छन्, 'मनमा निरासाको भारी थियो तर हिम्मत हारेको थिइनँ। पैसा कमाउने धोको पूरा नभए पनि पढाइ सफल भएकै थियो।

२०७३ सालतिरको कुरा हो। केही आफन्तहरुले गाउँमै बाख्रापालन गर्न सल्लाह दिए। कतिले त २/४ लाख ऋण पनि दिए। दोधारै–दोधारमा ७ लाख रुपैयाँमा २ वटा बोयर जातका बाख्रा खरिद गरे। सात लाख खर्चिएर ल्याएका बाख्रा घर आउन नपाउँदै कोरियाको भिसा लागेको जानकारी पनि आयो। तत्काल कोरिया उड्ने परिस्थति बनेन। कारण बाख्रामा सात लाख लगानी भइसकेको थियो।

समय वित्दै जाँदा बाख्राको आम्दानी पनि बढ्दै गयो । अनि कहिले विदेश नजाने कसम खाएर कोरियाको भिसा थन्काए। दुर्ईवटा बोयरबाट सुरु गरेको अहिले ५३ वटा पुगेका छन्।

तीन वर्ष अवधिमा झन्डै ३० लाखभन्दा बढी बाख्रामा लगानी भयो। '२५ वसन्त आफ्नो मोटोमा बिते, अब त विदेश जाने रहर पनि मरिसक्यो', कमलले अडान दोहोर्‍याए, 'वार्षिक १० लाख रुपैयाँ जति आम्दानी भएकै छ, जे गर्छु नेपालमै गर्छु।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।