बिहीबार, साउन २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पारवहन प्रोटोकलमा हस्ताक्षर हुँदै : अब नेपालको पहुँच चीनको समुद्रसम्म

पारवहन प्रोटोकलमा हस्ताक्षर हुँदै : अब नेपालको पहुँच चीनको समुद्रसम्म

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

बेइजिङ- नेपाल-चीनबीच सन् २०१६ मा सम्पन्न पारवहन तथा यातायात सम्झौताको प्रोटोकलमा सोमबार (आज) हस्ताक्षर हुने भएको छ ।

दुई मुलुकका राष्ट्र प्रमुखको उपस्थितिमा हस्ताक्षर भएसँगै पारवहन तथा यातायात सम्झौता आजैदेखि औपचारिक कार्यान्वयनमा आउने छ। प्रोटोकलमा हस्ताक्षरपछि नेपालको पहुँच उत्तरतर्फको समुद्रसम्म हुनेछ।

यसले दुईपक्षीय सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास चीनको छ भने नेपाल एकपक्षीय निर्भरताबाट मुक्त हुनेछ। नेपालले भारतको भूमिबाट मात्र तेस्रो मुलुकसँग सामुद्रिक बन्दरगाहबाट व्यापार गर्दै आएको छ। यद्यपि, नेपालको चीनतर्फ जोड्ने सडक अझै सवल छैन। तर, समस्या पर्दा वा केरुङसम्म रेल आएको खण्डमा सहज पहुँच देखिन्छ।
 
यसबाहेक द्विपक्षीय वार्तामा पारस्परिक महत्वका साथै नेपालको चौतर्फी विकासका पक्षमा थप सम्झौतामा हस्ताक्षर हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए।

चोरी–निकासी नियन्त्रण, गुणस्तर कामय गर्ने, सूचना आदानप्रदान, सीमा भन्सार व्यवस्थित गर्नेजस्ता विषयमा केही सहमति र छलफल हुने बताइएको छ। सोमबार नेपाल–चीनबीचको प्रगाढ मित्रतामा नयाँ आयाम थपिने धारणा चिनियाँले व्यक्त गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीको यो राजकीय भ्रमणको मुख्य उद्देश्य द्विपक्षीय वार्ताका साथै बीआरआईको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता र सम्बोधन पनि हो।

सम्मेलनको समापनसँगै ३८ बुँदे संयुक्त वक्तव्य जारी गरिएको थियो। बीआरआईमा नेपालमा रेल ल्याउने योजना समावेश भइसकेको छ। नेपालले राखेको सञ्जाल विस्तार प्रस्ताव चीनले स्वीकार गर्दै परियोजनामा सूचीबद्ध गरेको हो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।