बिहीबार, साउन २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसको आरोप : सरकारले संसदलाई बाइपास गर्न खोज्यो

कांग्रेसको आरोप : सरकारले संसदलाई बाइपास गर्न खोज्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारले नीति तथा कार्यक्रम ल्याउनु अगाडि प्रि–बजेट बारे छलफल नै गर्न नखोजेको आरोप लगाएको छ। प्रि–बजेट बारे छलफल नै नगरी नीति तथा कार्यक्रम ल्याउनु संसदको अवमूल्यन हुने कांग्रेसको ठहर छ।

बैठकमा सांसदहरुले सरकारले संसदलाई अपमान र उपेक्षा गर्न खोजेको आरोप लगाएका छन्।  बैठक पछि कांग्रेसकासचेतक बालकृष्ण खाँडले बजेट आउनु अघि प्रिबजेट छलफल गर्ने पद्धति रहेकोमा त्यसलाई सरकारले उपेक्षा गर्न खोजेको बताए। उनले सरकारले संसदलाई नै बाइपास गर्न खोजे काग्रेस चुप लागेर नबस्ने बताए। 

प्रि–बजेट बारे छलफल नगरिए कांग्रेसले सशक्त विरोधका कार्यक्रम ल्याउने जनाएको छ। प्रजातन्त्रमा शालिनताको महत्व हुने र त्यसलाई सरकारले बुझ्न सक्नु पर्ने खाँडले बताए। कांग्रेसको शालिनतालाई सरकारले कमजोरीको रुपमा लिए त्यो महंगो पर्ने चेतावनी दिए। 

खाँडले सरकार एकदलीय निरंकुश शैलीमा अगाडि बढिरहेको आरोप लगाए। यही गतिमा अगाडि बढे सरकारविरुद्ध कांग्रेसले शसक्त प्रतिकार गर्ने चेतावनी दिए। वर्तमान सरकार ज्ञानेन्द्र पथमा अगाडि बढेको आरोप लगाउँदै कांग्रेसले सरकारको एकदलीय निरंकुशता धेरै दिन नटिक्ने बताएको छ।

दुई तिहाइको दम्भमा निरंकुश शैलीमा चलेको सरकारले प्रेसमाथिसमेत हस्तक्षेप गर्न खोजेको कांग्रेसको आरोप छ। खुलामञ्चमा माफियामार्फत कब्जा गर्न खोज्नु, एनसेलको कर उठान नसक्नु सरकारको उठो कम्जोरी रहेको र वर्तमान सरकार काण्डै काठडमा फसेको प्रमुख सचेतक खाँडले बताए। उनले बेलैमा नसच्चिए यसको प्रत्यक्ष असर कारकारलाई नै पर्ने बताए। अहिले सरकारका गतिविधिले जनतामा चरम निरासा छाएको कांग्रेसको ठहर छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।