बिहीबार, साउन २१, २०८३

पार्टी दर्ताको लागि सिके राउत पुगे निर्वाचन आयोग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – स्वतन्त्र मधेशको अभियान छोडेर जनत पार्टी स्थापना गरेका सिके राउत पार्टी दर्ताका लागि निर्वाचन आयोग पुगेका छन्। आइतबार पार्टी अध्यक्ष डा.सिके राउतसहितको टोली निर्वाचन आयोग पुगेर पार्टी दर्ताको लागि निवेदन दिएको हो।

निर्वाचन आयोगले आइतबार नै केन्द्रीय सदस्यहरुको सनाखतसमेत गरेको बताइएको छ। पार्टी अध्यक्षमा राउत छन् भने बाँकी ३४ जना केन्द्रीय सदस्य रहेका छन्।

स्वतन्त्र मधेश गठबन्धन र सरकारबीच भएको ११ बुँदे सहमतिपछि राउतले जनमत पार्टी गठन गरेका थिए। गत चैत महिनामा लहानमा भएको गठबन्धनको बैठकले जनमत पार्टीको घोषणा गरेको थियो। जनमत पार्टीले मुख्य राजनीतिक सिद्धान्त जनसंप्रभत्ता, लोकतन्त्र, समाजिक न्याय र समाजवाद रहेको विधानमा उल्लेख गरेको छ।

निर्वाचन आयोगमा पेश गरिएको निवेदनमा अध्यक्षमा डा.सिके राउत रहेका छन् भने बसन्तकुमार कुशवाहा, दीपकुमार साह, अनिता कुमारी मण्डल, अब्दुल खान, आशा कुमारी मेहता, इरफान अहमद शेख, ईन्द्रजीतकुमार यादव, करुणा कुमारी पैकरा मण्डल, कैलाश महतो, कोशिला देवी महतो, गीता पासवान, चन्दनकुमार सिंह रहेका छन्।

यसैगरी जुलेखा विवी, दिनेशप्रसाद यादव, धु्रवप्रसाद कहार, नरेन्द्र प्रसाद चौधरी, नरेशप्रसाद कुर्मी, परमेश्वर मुर्मु, बबिताकुमारी राइत, विरेन्द्र साह सोनार, भोपेन्द्र प्रसाद यादव, मज्जन कुमारी, भगत थरुनी, महेन्द्रप्रसाद थारु चौधरी, राजकुमार यादव छन्।

राधा कुमारी यादव, रामकली दवी मण्डल, सतिला कुमारी यादव, सत्यनारायण खङ्ग, सन्जयकुमार साह, सन्जयकुमार यादव, सीताराम पण्डित, सुरेन्द्रप्रसाद शर्मा, हकि कुल्लाह मुसलमान र राजमती पासवानपनि केन्द्रीय सदस्य रहेको निवेदन जनमत पार्टीले आयोगमा दर्ता गराएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।