बिहीबार, साउन २१, २०८३

विश्व पर्यटन मञ्चमा प्रदेश १ बाट भुसाल र श्रेष्ठ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

इटहरी – यहि बैशाख १९ र २० गते स्विट्जरल्यान्डमा हुने विश्व पर्यटन मञ्चमा प्रदेश १ बाट पर्यटन व्यवशायीद्वोय सुनिल भूषाल र लोकेन्द्र श्रेष्ठले प्रतिनिधित्व गर्ने भएका छन्। भुषाल इटहरीको प्रसिद्ध होटल प्रिमियर स्कुलका सिइओ हुन भने श्रेष्ठ धरानको धरान इन्टरनेसनल कलेज अफ होटल म्यानेजमेन्टका सिइओ हुन्। 

भुसालले भारतबाट पर्यटन बिषयमा स्नातकोत्तर गरेका छन् भने श्रेष्ठले साइप्रसबाट होटल म्यानेजमेन्टमा स्नातक गरेका छन्। भुषाल र श्रेष्ठ दूवै आइतबार स्विटजरल्यान्ड प्रस्तान गर्दैछन्।  

स्विजरल्यान्डको मध्य मागमा पर्ने लुचेनर भन्ने सहरमा हुने विश्वको पर्यटनको कुम्भ मेला मानिने मञ्चको छैटौं संस्करणमा  विश्वभरमा पाँच सय बढी पर्यटनकर्मी, पर्यटन उद्यमी, पर्यटन पत्रकार, कूटनीतिज्ञलगायतको उपस्थिति हुने बताइएको छ। नेपालको तीन सदस्य निजी क्षेत्रको प्रतिनिधिमा भुसाल र श्रेष्ठसँगै नेपालका ग्रोवेल उद्योगका संयोजक अरुण शाह सहभागी हुने छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।