बिहीबार, साउन २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लतितपुरमा पनि सार्वजनिक जग्गा अतिक्रमण, स्थानीय आक्रोसित

लतितपुरमा पनि सार्वजनिक जग्गा अतिक्रमण, स्थानीय आक्रोसित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

ललितपुर – सिजी कम्पनीले ललितपुर महानगरपालिका धापाखेलमा रहेका सार्वजनिक जग्गा अतिक्रमण गरि प्लानिङ गर्न लागेको भन्दै स्थानीय आक्रोसित बनेका छन्। आक्रोसित स्थानीयले उक्त जग्गा तत्काल अतिक्रमण हुनबाट रोक्न आग्रह गर्दै आइतबार महानगरलाई ज्ञापनपत्र बुझाएका छन्। 

ठूलो संख्यामा आएका स्थानीयहरुले मेरलाई महानगरको गेटैमा रोकेर ध्यानकषर्ण गराए। ललितपुर महानगरपालिका वडा नं. २४ साविक धापाखेल गाविस वडा नं. ९ ‘ख’ का कित्ता नं. ३५, ३८, ४१, ५८, ७९ र १० भएका जग्गा मालपोत कार्यालय ललितपुर, नापी कार्यालय ललितपुरमा रहेको श्रेस्ता तथा अभिलेखमा पर्ति रहेको उल्लेखित छ। 

ज्ञापनपत्रमा उल्लेख भएअनुसार उक्त पर्ति जग्गाहरुमध्ये कित्ता नं. ३५ बाट रोयल गोर्खाज कम्पनीले ४ आना जग्गा लिएर कम्पाउण्ड पर्खाल लगाएको थियो। त्यसपछि रोयल गोर्खाज कम्पनीले सिजी कम्पनीलाई जग्गा बिक्री गरेको स्थानीयको आरोप छ। 

त्यस्तै स्थानीयले सार्वजनिक जग्गा संरक्षण समिति धापाखेलका संयोजक वेदनाथ दाहालको संयोजकत्वमा काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय, ललितपुरलाईसमेत ज्ञापनपत्र बुझाएका छन्। 

सिजी कम्पनीले महत्वपूर्ण स्थानका सार्वजनिक जग्गा हडप्दै प्लानिक परमिट लिने र कामै नलाग्ने स्थानमा मात्रै सार्वजनिक भनि सट्टापटा गरी फिल्ड कायम गर्न खोजेको स्थानीयहरुको आरोप छ। 

ज्ञापन पत्र बुझ्दै ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले सार्वजनिक जग्गाको संरक्षण गर्न कुनै कसुर बाँकी नराख्ने बताए। मेयर महर्जनले भने, ‘डब्लुएचओको मान्यता अनुसार ३० प्रतिशत खाली भाग चाहिन्छ। तर, महानगरभित्र ४ प्रतिशत पनि छैन। तसर्थ सार्वजनिक जग्गाहरुको संरक्षण गर्न हामी कुनै पनि सम्झौता गर्ने छैनौं।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य हरि दाहालले सार्वजनिक जग्गा संरक्षणका लागि तिव्रगतिमा काम हुन नसकेकोमा महानगरपालिकाका तर्फबाट मेयरले पहल गर्नुपर्ने बताएका थिए। 

पूर्वसभासद तथा नेपाली कांग्रेस ललितपुरका सभापति मदनबहादुर अमात्यले आफू स्थानीयहरुको पक्षमा रहेको वताउँदै सार्वजनिक जग्गाको संरक्षण गर्नका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले भने, ‘सिजीको यो कदमको विरोध गर्छु, जग्गा संरक्षणका लागि स्थानीयहरुको साथमा छु।’ 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।