बिहीबार, साउन २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'विष्णु पौडेलसहित वालुवाटार प्रकरणका दाेषीलाई कारवाही गर'

'विष्णु पौडेलसहित वालुवाटार प्रकरणका दाेषीलाई कारवाही गर'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी – नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदलले विभिन्न भ्रष्टाचार काण्डमा संलग्नलाई कारवाहीको माग गर्दै धनगढीमा प्रर्दशन गरेको छ। तरुणदलले निर्मला हत्यादेखि वाइडवडी खरिद, वालुवाटारको जग्गा खरिद प्रकरणमा संलग्नलाई कारवाहीको माग गरेको छ। 

धनगढी चौराहदेखि जिल्ला प्रशासन कार्यालयसम्म प्रर्दशन गरेको तरुणदलले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्रसमेत बुझाएको छ। ६ बुँदे ज्ञापन पत्रमा कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या भएको १० महिनासम्म दोषीको पहिचान गरी कारवाही नभएको घटनाप्रती आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताउँदै तरुणदलले न्यायको माग गरेको छ।


यस्तै सरकारले गर्ने भ्रष्टाचारका कारण समस्या भोग्नु परेको भन्दै राष्ट्रलाई शुन्य भ्रष्टाचारमा ल्याएर जनताको दैनिक जीवनलाई सरल र सहज बनाउन, वाइडवडी विमानमा भएको अबौँको भ्रष्टाचारको छानविन गरी दोषीलाई कारवाही गर्न माग गरिएको छ। एनसेलबाट राज्यले पाउनुपर्ने ७० अर्ब भन्दा बढि राजस्व तुरुन्त असुल गर्न  र वालुवाटारको सार्वजनिक जग्गा खरिद प्रकरणमा संलग्न नेकपाका महासचिव विष्णु पौडेल लगायतका व्यक्तिलाई कारवाही गर्न तरुणदलको माग छ।




प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।