दाङ – तुल्सीपुरबाट दाङको घोराहि तर्फ आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते भएकाछन्। तुल्सीपुरबाट छुटेको ना५ख २२३४ नम्वरको राप्ती यातायातको बस हात्तिखवा भन्ने स्थानमा सडकबाट सात मिटर तल खसेको थियो।
जिल्ला प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी उपरीक्षक बेल पाण्डेका अनुसार घाइते मध्ये एकको अवस्था गम्भिर रहेको छ। घाइते घाइते सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४