बिहीबार, साउन २१, २०८३

नेकपाको  जनसंगठन एकीकरण : नाम र नेतृत्वमा रस्साकस्सी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- भरखरै जिल्ला नेतृत्वको टुंगो लगाएको नेकपामा अब सबैको ध्यान २२ जनवर्गीय संगठनतिर केन्द्रित गएको छ। विशेषगरी विद्यार्थी, महिला, किसानलगायतका  प्रभावकारी संगठन रहेकाले एकीकरण चाँडो गर्न दबाब छ।

तत्कालीन एमालेको तुलनामा माओवादी भ्रातृ संगठनको आकार आठ गुणासम्म ठूलो, नाम र नेतृत्वमा रस्साकस्सी कायमै छ।

नेकपाद्वारा गठित कार्यदलहरुले भ्रातृ संगठनहरुको एकताको छलफल प्रक्रिया अघि बढाएका छन् । एकताका लागि गठित २२ कार्यदलमध्ये धेरैजसो कार्यदलले भ्रातृ संगठनको एकताको खाका तयार पार्ने गरी छलफल अघि बढाएका हुन् ।

एकताको छलफल सुरु भएलगत्तै एकीकरणपछि बन्ने संगठनको नाम, संख्या र संरचना तथा नेतृत्वलाई लिएर दुवैतर्फका भ्रातृ संगठनमा छलफल सुरु भएको छ । युवा, विद्यार्थी, किसान, मजदुर, महिला, पेसागतकर्मीलगायत प्रभावशाली भ्रातृ संगठनमा कसले नेतृत्व हत्याउने ‘अघोषित रस्साकस्सी’ समेत सुरु भएको छ ।  

कार्यदललाई केन्द्रीय कमिटीको पदाधिकारी र संख्यासहितको प्रस्ताव सुझावका रुपमा प्रतिवेदनमा पेस गर्ने कार्यादेश दिइएकाले उनीहरुले नै छलफलबाट टुंगो लगाएर केन्द्रीय सचिवालयमा पेस गरिसकेको बताइएको छ।

तत्कालीन माओवादीको जनसंगठन  तत्कालीन एमालेका भन्दा आठ गुणासम्म ठूलो रहेको पाइएको छ।

केन्द्रीय कमिटीको आकार ४ हजारसम्म पुर्‍याएको तत्कालीन माओवादी केन्द्रको जनसंगठनहरुको केन्द्रीय कमिटीको संख्या तत्कालीन एमालेको जनसंगठनको तुलनामा आठ गुणासम्म ठूलो छ ।

उदाहरणका लागि तत्कालीन एमालेको पेसागत महासंघ नेपालको केन्द्रीय कमिटी ८६ सदस्यीय छ भने तत्कालीन माओवादीको पेसागत संगठन ८ सय ५० सदस्यीय छ । इन्जिनियरिङ संगठनको केन्द्रीय कमिटीको आकार बराबरी रहे पनि बाँकी सबै भ्रातृ संगठनहरु तत्कालीन एमालेको तुलनामा माओवादी धेरै ठूला छन् ।

आकार ठूलो या सानो जे भए पनि नयाँ विधानका आधारमा कार्यदलले एकीकरण प्रक्रिया अघि बढाउने भएको छ

पुच्छर हटाएर २२ जनसंगठन बन्ने

नेताहरुले पार्टीको भ्रातृ संगठनका नाममा रहेका पुच्छर हटाएर एकता गर्ने बताउँदै आएका छन् । तत्कालीन माओवादीको पूर्व जनमुक्ति सेना (पूर्वपिएलए) को संगठनलाई भूतपूर्व सैनिक–प्रहरी संगठन तथा जनयुद्ध र जनक्रान्तिका घाइते तथा अपांगता रहेकाहरुको संगठनलाई एउटै अपांग संगठनमा मिलाउने तयारी छ ।

तत्कालीन एमालेका २२ तथा माओवादी केन्द्रका २४ जनवर्गीय संगठन थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।