बिहीबार, साउन २१, २०८३

भोलिबाट बजेट अधिवेशन, यस्ता छन् एजेन्डा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौँ- सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को सोमबारदेखि शुरु हुने चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा यही वैशाख १६ गते अपराह्न ४ बजे दुवै सदनको अधिवेशन सुरु हुन लागेको हो । नेपालको संविधानमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट सङ्घीय संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ । 

सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले चौथो अधिवेशनका लागि प्राविधिकलगायत सबै तयारी पूरा भएको जानकारी दिए । राष्ट्रियसभा र प्रतिनिधि सभाका मूल बैठक कक्षमा रहेका भौतिक पूर्वाधारको मर्मतसम्भारलगायत प्राविधिक तयारी पूरा भएको पनि प्रवक्ता पाण्डेले बताए । 

वर्षे अधिवेशनका रुपमा रहने यो अधिवेशनमा सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने छ । सरकारको आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम यही वैशाख २० गते प्रस्तुत गर्ने प्रारम्भिक कार्यसूची तय भएको छ । संविधानमै व्यवस्था भएअनुरुप सरकारले आवको बजेट जेठ १५ गते प्रस्तुत गर्ने छ ।  

एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भका बीचको अवधि छ महीनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था  छ । संसद्को पहिलो बैठकमा संसद् आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभामुख र अध्यक्षले आ–आफ्ना सदनसमक्ष वाचन गर्नेछन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।