काठमाडौं- आज बैशाख १४ गते शनिबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।
नेपालीहरू दैनिकरूपमा कम सकारात्मक अनुभव गर्नेहरू मध्येमा पर्ने एउटा अध्ययनले देखाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल–भारतबीचको पहिलो रेलसेवा संचालनको समयमा प्रयोगमा रहेको नेपाल रेलवेको जग्गाको खोजी कार्य शुरु गरेको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विकासका समाचार नसमेट्ने टेलिभिजन र मोबाइलबाट सामाजिक सञ्जालमा विकृती फैलाएको मात्र हेर्नेहरु ‘पिँजडाका चरी’ बन्ने बताएका छन्।
रातिको १०:१२ मिनेटको समय, ड्रागन एयर जमीन छोडर टाउँकै माथिबाट आकाशतिर बेगिन्छ। उपकरण र औजारकासात तम्तयार अवस्थामा फौजी आक्रमण वा कुनै युद्धको तयारीको जसरी बाक्लो सङ्ख्यामा जनशक्ति उभिरहेका हुन्छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको जिरो टु अर्थात् कोटेश्वरतर्फको क्षेत्रमा हुलका हुल जनशक्ति र मेशिननरी उपकरण तयारी अवस्थामा छन्।
दृष्टिविहिन तथा अपांगकालागी पश्चिम नेपाल विकास ट्रस्टले राहत वितरण कार्यक्रम गरेको छ। अमेरिका, बेलायतलगायतका मुलुकका नागरिकले विभिन्न संस्था मार्फत उपलब्ध गराएको रकम ट्रष्टले एक कार्यक्रम गरि विभिन्न क्षेत्रलाई वितरण गरेको हो।
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले कब्जा र अतिक्रमण गरिएका सरकारी र सार्वजनिक जग्गा फिर्ता ल्याउन अधिकार सम्पन्न शक्तिशाली छानबिन आयोग गठनको तयारी भइरहेको बताएकी छन्।
विवेकशील साझा पार्टीले नाम परिवर्तन गर्ने निर्णय गरेको छ। विवेकशील साझा पार्टीको शनिबार बसेको बैठकले विवेकशील साझा नाम परिवर्तन गर्दै साझा विवेकशील नामकरण गर्ने निर्णय गरेको हो।
कञ्चनपुरको बेलौरीमा रकम नदिएको भन्दै सशस्त्र प्रहरीले भारतीय काठ तस्करलाई कुटेर छोडेपछि भारतीयले स्थानीयमाथि आक्रमण गरेका छन्।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ र कक्षा ११ को वार्षिक परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ। देशभर एकैसाथ १५ गते आइतबार बिहान ७ बजेदेखि सुरु हुने कक्षा १२ र वैशाख २९ गतेबाट सुरु हुने कक्षा ११ को परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए।
काठमाडौं महानगरपालिकाले खुलामञ्च अतिक्रमण गरेर बनाइएका सटर डोजर चलाएर भत्काइएको छ। शनिबार दिउसो महानगरपालिकाले अतिक्रमण गरेर बनाइएका संरचना डोजर चलाएर भत्काएको हो।
सरकारले विभिन्न १४ सडक खण्डको सवारी उपभोग दस्तुर वृद्धि गरेको छ। सडक बोर्ड नेपालले शनिबार सूचना प्रकाशित गर्दै शुल्क वृद्धिबारे जानकारी गराएको छ। साथै सूचनामा साना देखि ठुला सवारीसाधनहरुको दस्तुरसमेत उल्लेख गरिएको छ।
गृहमन्त्री रामबहादुर थापाले सिडिओ संघीय सरकारको मातहतमै रहने बताएका छन्। प्रदेश २ सरकारले आफ्नो छुट्टै सिडिओ राख्ने गरी विधेयक ल्याउने तयारी गरिरहेको बेला गृहमन्त्री थापाको यस्तो भनाइ आएको हो।
शनिबार दिउँसोबाट देशको पूर्वी तथा मध्य भाग र पश्चिमका पहाडी भागमा आंशिक बदली भई वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। प्रिमनसुन चलिरहेकाले छिनछिनमै मौसम परिवर्तन भइरहेको महाशाखाले बताएको छ। विशेषगरी पोखराबाट पूर्वतर्फ दिउँसोपछि मौसम बदली भई पानी पर्ने सम्भावना रहेको छ।
म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनका किसान मानवमूत्र प्रयोग गरेर तरकारी तथा खाद्यान्न बाली उत्पादन गर्न जुटेका छन्।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मनोमानी हिसाबले व्यक्ति तथा संघसंस्थालाई जथाभावी रकम वितरण गरेको पाइएको छ। राउतले मुख्यमन्त्री राहत कोष र विविध कोषको दुरुपयोग गर्दै रकम वितरण गरेको पाइएको हो।
काठमाडाैंबाट धनगढी जाँदै गरेको ना ७ ख ५१८७ नम्बरको बस दुर्घटनामा परेको छ। बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको वाणगंगा नगरपालिकामा दुर्घटनामा परेको हो।
विश्वभरका मानिसहरू बढी रिसाहा, तनावग्रस्त र चिन्तित हुँदै गएको एउटा अध्ययनले देखाएको छ।
हामी नारीहरू अधिकांश चाहेर पनि नचाहेर पनि हिंसा सहन विवश छौं समाजमा। मानिसमा जति चेतना फैलिए पनि राज्यमा कडा कानुनी व्यवस्था भए पनि कतिपय ठाउँ यस्ता छन् जहाँ नारीले हिंसा व्यहोर्नैपर्छ। यस्तै ठाउँ हो सार्जजनिक सवारीसाधन। धेरै महिला आफूमाथि भएको हिंसा सहन्छन्। अरूसामु व्यक्त गर्न सक्दैनन्। तर म आज सार्वजनिक सवारीमा भएको भोगोको हिंसाबारे केही लेख्दैछु।
नेपाल भारत सिमावर्ती क्षेत्र कञ्चनपुरको डोकेबजार नजिक ट्याक्टर र टिप्पर ठोक्किदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।
सडकको क्षेत्राधिकार भित्र पर्ने भौतिक संरचना हटाएर सहयोग गर्ने घरधनीलाई धनगढी उपमहानगरपालिकाले सम्मान गर्ने भएको छ। क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत धनगढीमा निर्माण हुने सडकमा सहयोग पुर्याउने घरधनीलाई उपमहानगरपालिकाले सम्मान गर्ने जनाएको छ।
अज्ञात रोगका कारण हुम्लाको ताँजाकोट गाउँपालिकामा आठ जनाको मृत्यु भएको छ। सो रोगले एक दर्जनभन्दा बढी बिरामी परेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सि चिनफिङले आयोजना गरेको रात्रिभोजमा सहभागी भएकी छिन्। अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो ‘बेल्ट एण्ड रोड फोरम’ मा भाग लिन आएका अन्य मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सम्मानमा शुक्रबार साँझ आयोजना गरिएको रात्रिभोजमा राष्ट्रपति भण्डारी सहभागी भएकी हुन्।
सुरक्षा निकायले गरेको सुरक्षा कारबाहीका क्रममा श्रीलङ्कामा १५ जना मारिएका छन्। सुरक्षा अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार शुक्रबार राती भएको सुरक्षा कारबाहीमा परी मारिनेमा छ जना बालबालिका र तीन जना महिलासमेत रहेका छन्।
टीकाराम। फुस्रो कैलो कपाल गरेको सानो चेहरा। चार कक्षामा पढ्ने दसएघार वर्षको कक्षामध्येको सबैभन्दा सानो केटा। जसको गाढा नीलो पेन्टभित्र जहिल्यै आकाशे नीलो रङको सर्ट हालिएको हुन्थ्यो र बेल्ट छोप्नका लागि अलिकति सर्ट निकालिएको हुन्थ्यो। अनि युके लेखिएको संयुक्त अधिराज्यको झन्डा भएको पुरानो कालो बेल्ट उसको शरीरभन्दा ठूलो लाग्ने सर्टलाई कम्मरभन्दा अलि माथि फुकाएर कस्सिएको हुन्थ्यो।
पत्रकार डिल्ली प्रसाद आचार्यद्वारा लेखिएको ‘झझल्काहरु’ पुस्तकको बुटवलमा एक कार्यक्रमकाबिच चर्चा गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४