बिहीबार, साउन २१, २०८३

पिँजडाका चरी नहुनोस् : मन्त्री बाँस्कोटा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काभ्रेपलाञ्चोक - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विकासका समाचार नसमेट्ने टेलिभिजन र मोबाइलबाट सामाजिक सञ्जालमा विकृती फैलाएको मात्र हेर्नेहरु ‘पिँजडाका चरी’ बन्ने बताएका छन्।

काभ्रेपलाञ्चोकका सहकारी अभियन्ता दिलीप शर्माद्वारा लिखित ‘सहकारीको सारथी’ नामक पुस्तक विमोचन गर्दै उनल भने, ‘विकास हेर्ने दिमाग बक्समा सीमित पारेर सकुचित बन्नु हुन्‍न। पहिला बक्सबाट दिमाग निकाल्नुस्, अनि विकास हेर्न राजमार्ग र गाउँगाउँमा दौडनुस् । टेलिभिजन र मोबाइलमा कोकोहोलो मच्चाउनेको दिमाग ‘बक्सदेखि बक्ससम्म’ मात्रै हुन्छ । त्यस्ता क्रियाकलाप हेरेर  पिँजडाका चरी नहुनोस्।’

उनले सरकारको चालू योजना र निकट भविष्यका योजनाबारे बुझेपछि मात्रै आलोचना गर्न आग्रह गरेका छन्। मन्त्री बास्कोटाले भने, ‘सकारात्मक सोच र चिन्तनले मात्रै सही दृष्टि बन्छ, अब दृष्टि बदल्नु जरुरी छ।’

अधिकांश सञ्चार माध्यमले विकासका कामलाई प्रकाशन प्रसारण गर्न कञ्जुस्याइँ गरेको आरोप सञ्चारमन्त्री बास्कोटाको छ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।