बिहीबार, साउन २१, २०८३

‘झझल्काहरु’ सामान्य व्यक्तिको असामान्य कृति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भैरहवा – पत्रकार डिल्ली प्रसाद आचार्यद्वारा लेखिएको ‘झझल्काहरु’ पुस्तकको बुटवलमा एक कार्यक्रमकाबिच चर्चा गरिएको छ।

पत्रकार महासंघ रुपन्देहीको आयोजनामा भएकोे कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै समिक्षकहरुले एउटा सामान्य ब्यक्तिको असामान्य कथा समेटिएको पुस्तकको रुपमा झझल्काहरु आएको बताए।

साहित्यकार तथा समालोचक दल बहादुर गुरुङले ‘झझल्काहरु’ इतिहासको समिक्षा गरिएर लेखिएको महत्वपुर्ण कृति भएको बताए।  

कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष बालकृष्ण चापागाईले पुस्तक पठनीय रहेको बताए। कार्यक्रममा महासंघकै अध्यक्ष तथा पूर्व सभासद विनोद पहाडीले उक्त पुस्तक पत्रकार तथा साहित्यकार सबैकालागी गतिलो सामग्री बन्ने विश्वास व्यक्त गरे।

अकोरावका केन्द्रिय पुर्व अध्यक्ष  मोहन चापागाई,  पत्रकार महासंघ रुपन्देहीका वर्तमान अध्यक्ष यानेन्द्र जिसी, भुवनहरी सिग्देल लगायतले बोल्दै ५ खण्डमा राखिएका ‘झझल्का’ सबै सामाग्री उत्कृष्ट रहेको बताए।

यसैबीच पुस्तक लेखकका छोरा डा.दिनेश आचार्यले आगामी वर्षदेखि बुवा डिल्लीप्रसाद र आमा मिठुको नाममा जनही एक लाख राशीको पुरस्कार दिने घोषणा गरेका छन्।   बुलबुल पब्लिकेशन प्रालिद्वारा पुस्तक प्रकाशित भएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।