भैरहवा – दृष्टिविहिन तथा अपांगकालागी पश्चिम नेपाल विकास ट्रस्टले राहत वितरण कार्यक्रम गरेको छ। अमेरिका, बेलायतलगायतका मुलुकका नागरिकले विभिन्न संस्था मार्फत उपलब्ध गराएको रकम ट्रष्टले एक कार्यक्रम गरि विभिन्न क्षेत्रलाई वितरण गरेको हो।
संस्थाले बुटवल उपमहानगरपालिका–१५ उजेलापुरमा रहेको दृष्टिविहिन आश्रमका वासिन्दाका लागि १ सय २५ किलो चामल, ५० किलो दाल, ४० लिटर तेल, २० किलो चिनि, ५ थान पंखा प्रदान गरेको छ। त्यस्तै सिर्जना आमा समूहको समाज घरका लागि २० वटा कुर्ची र एउटा साउण्ड बक्स उपलब्ध गराएको छ।
त्यस्तै दृष्टि विहिन जीवन वानियालाई एउटा ल्यावटब प्रदान गरेको छ। बर्दिया स्थित विश्व ज्योति विद्यालयका लागि २ थान डेस्कटप कम्पुटर प्रदान गरेको छ। बुटवलमा एक कार्यक्रम गरि संस्थाले अपाङ आश्रम देवीनगर बुटवललाई ह्वील चेयर पनि प्रदान गरेको संस्थाका कोषाध्यक्ष पदम घिमिरेले बताए।
सस्थाकी अध्यक्ष गौरीमाया थापासहित राहत संकलनमा महत्वपूर्ण भुमिका खेलेका संस्थाका अन्तराष्टिय प्रतिनिधि मोहन नेपाल, बेलायती नागरिक जुली पवेल, अमेरीकी नागरिक इडी केनाप्टनलगायतले राहत प्रदान गरेका थिए। त्यस्तै बुटवल स्थित मायादेवी विद्यालयलाई एक हजार लिटरको पानी टंयाकीसमेत प्रदान गरिएको संस्थाका कोषाध्यक्ष घिमिरेले बताए। जुलीका छोरा सोहनलीले एजरा फाउण्डेसन मार्फत जम्मा गरेको रकम तथा अमेरिकी नागरिक इडीले तथा संस्थाका अन्तराष्ट्रिय प्रतिनिधि मोहन नेपालको पहलमा संकलित राहत सस्थाकी अध्यक्ष गौरी माया थापालाई हस्तान्तरण गरिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४