बिहीबार, साउन २१, २०८३

कम खुशी नागरिक भएका राष्ट्रको सूचीमा नेपाल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

नेपालीहरू दैनिकरूपमा कम सकारात्मक अनुभव गर्नेहरू मध्येमा पर्ने एउटा अध्ययनले देखाएको छ।

संसारका १४० देशका १,५०,००० भन्दा बढी मानिसहरूमा गरिएको अध्ययनमा नेपाल कम सकारात्मक अनुभव गर्ने राष्ट्रहरूको सूचीमा छैठौं स्थानमा छ।

वार्षिक 'ग्यालप ग्लोबल इमोशन्स रिपोर्ट' ले मानिसहरूलाई सकारात्मक र नकारात्मक अनुभवहरूबारे सोध्ने गर्छ।

ग्यालपका अनुसार अफगानिस्तान, बेलारूस, यमन, टर्की र लिथुएनिया सबैभन्दा कम सकारात्मक अनुभव गरिने देशहरू हुन्। दक्षिण एशियाको बांग्लादेश पनि सो सूचीमा आठौं स्थानमा रहेको छ।

कम सकारात्मक अनुभव हुने देशहरूमा राजनीतिक वा आर्थिक वा अन्य कुनै प्रकारको उथलपुथल भइरहेको अध्ययनमा बताइएको छ।

अध्ययनकर्ताहरूले सहभागीको एक दिन अगाडिको अनुभवलाई समेट्ने गरेका छन्।

सहभागीहरूलाई 'के तपाईँ हिजो धेरै नै हाँस्नु वा मुस्कुराउनुभयो' र 'के तपाईँलाई सम्मानजनक व्यवहार गरियो' भन्नेजस्ता प्रश्न गरेर मानिसहरूको दैनिक जीवनको अनुभव बुझ्ने प्रयास गरेका छन्।

ग्यालपले नेपालमा गत वर्ष जून २२ देखि जुलाई २३ सम्म १,००० जना मानिसहरूसँग प्रत्यक्ष भेटेर नेपाली भाषामा सोधिएको प्रश्नको जवाफको आधारमा सो नतिजा निकालेको हो।

विश्वभरिका मानिसहरू बढी रिसाहा, तनावग्रस्त र चिन्तित हुँदै गएको सो अध्ययनले देखाएको छ।

उनीहरूमध्ये एक तिहाइले तनावग्रस्त भएको र पाँचमा एकजनाले दुःखी भएको वा रिसाएको बताएका छन्।

प्रतिवेदनका अनुसार सबैभन्दा नकारात्मक देश चाड र नाइजर हुन् भने सबैभन्दा सकारात्मक देश पाराग्वे हो।
 

सकारात्मक अनुभव बढि हुने ५ राष्ट्रहरू

- पाराग्वे
- पानामा
- ग्वाटेमाला
- मेक्सिको
- एल साल्भाडोर

नकारात्मक अनुभव बढि हुने ५ राष्ट्रहरू

- चाड
- नाइजर
- सियरा लियोगन
- इराक
- इरान

ल्याटिन अमेरिकी राष्ट्रहरूमा मानिसहरूले धेरै नै सकारात्मक अनुभव हुने बताएका छन्।

ग्यालपका अनुसार सो क्षेत्रमा जीवनका सकारात्मक कुराका ध्यान दिने संस्कृतिका कारण यस्तो भएको हो।

अफ्रिकी राष्ट्र चाडमा भने १० मध्ये सात जनाले गत वर्षमा कुनै बेला खानेकुरा प्राप्त गर्न पनि सङ्घर्ष गर्नुपरेको बताएका छन्।

चाडमा ६१ प्रतिशत मानिसहरूले शारीरिक पीडा भोगेको बताएका छन्।

चाडका मानिसहरूको नकारात्मक अनुभव भए पनि अमेरिका र ग्रीसका मानिसहरू धेरै तनावग्रस्त भएको पाइएको छ।

५९ प्रतिशत नागरिकहरू तनावमा रहेको बताउँदा ग्रीस संसारकै सबैभन्दा तनावग्रस्त मुलुक बनेको छ। अमेरिकामा यस्तो भन्नेको प्रतिशत ५५ रहेको छ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।