काठमाडौं - काठमाडौं महानगरपालिकाले खुलामञ्च अतिक्रमण गरेर बनाइएका सटर डोजर चलाएर भत्काइएको छ। शनिबार दिउसो महानगरपालिकाले अतिक्रमण गरेर बनाइएका संरचना डोजर चलाएर भत्काएको हो।
सार्वजनिक सम्पत्ति अतिक्रमण गरिएको भन्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चर्को विरोध भएपछि महानगरपालिकाले अवैध संरचना भत्काएको हो। खुलामञ्चमा ४० भन्दा धेरै व्यापारिक सटर बनाएर भाडामा लगाएको थियो।

महानगरपालिका र मनोजकुमार भेटवालको कम्पनी स्वच्छन्द बिकोई बिल्डर्सको मिलेमतोमा खुल्लामञ्च ठेक्का दिएको कुरा बाहिरिएसँगै जनस्थरबाट महानगरपालिकाको चर्को विरोध भएको थियो।
डोजर चलाउने क्रममा महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की र सञ्चारकर्मीमाथि स्थानीय पसलेहरुले आक्रमणको प्रयास गरेका थिए।
