बिहीबार, साउन २१, २०८३

'छुट्टै सिडिओ राख्ने अधिकार प्रदेशलाई छैन'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – गृहमन्त्री रामबहादुर थापाले सिडिओ संघीय सरकारको मातहतमै रहने बताएका छन्। प्रदेश २ सरकारले आफ्नो छुट्टै सिडिओ राख्ने गरी विधेयक ल्याउने तयारी गरिरहेको बेला गृहमन्त्री थापाको यस्तो भनाइ आएको हो।

प्रदेश २ स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन शनिबार जनकपुर पुगेका गृहमन्त्री थापाले प्रदेश २ ले कसरी सिडिओ ल्याउने कुरा गरेको त्यस विषयमा आफूलाई थाह नरहेको बताउँदै नेपालको संविधानले कहिँपनि दोहोरो सिडियोको व्यवस्था नगरेको स्पष्ट पारे।

सिडिओ संघको प्रतिनिधि रहेको भन्दै उनले सिडिओले दोहोरो भूमिका निर्वाह गर्ने हिसाबले सरकारले प्रतिनिधिसभामा विधेयक प्रस्तुत गरेको बताए। संघीयताको मर्मअनुसार प्रदेश सरकारलाई प्रहरी परिचालन र शान्ति सुरक्षा कायम गर्ने अधिकार रहने उनको भनाइ थियो।

सीके राउतलाई लक्षित गर्दै थापाले स्वतन्त्र मधेशको नारा लगाउँदै पृथकतावादी अभियान चलाएका शक्तिलाई मूलधारको राजनीतिमा ल्याउनु सरकारको ठुलो उपलब्धि रहेका दाबी गरे। ‘विगतमा राष्ट्रिय अखण्डताविरुद्ध अभियान चलाएकाहरुलाई हामी मूलधारमा ल्याउन सफल भएको छौं,’ उनले भने, ‘राष्ट्रविरोधी गतिविधि गर्नेहरुले राष्ट्रिय अखण्डताको प्रतिवद्धता जनाएका छन्, यो सरकारको लागि ठुलो उपलब्धि हो।’

गृहमन्त्री थापाले विप्लव नेतृत्वको नेकपालाई संविधान विरोधी समूहको संज्ञा दिए। मुलुकलाई अस्थिर र अशान्त बनाउने शक्तिलाई निस्तेज पार्ने रणनीति सरकारले लिएको थापाले बताए। ‘स्वतन्त्र मधेशको मुद्दा लिएर अघि बढेका समूह मूलधारमा आइसकेका छन्,’ गृहमन्त्री थापाले भने, ‘अन्य समूहहरुलाई पनि मूलधारमा ल्याउन हाम्रो प्रयास जारी छ।’

गृहमन्त्री थापाले शान्ति सुरक्षा विगतको वर्षहरु भन्दा सुदृढ भएको दाबी गर्दै छिमेकी तथा पश्चिमी राष्ट्रहरुसँगको सम्बन्धमा पनि सुधार आएको दाबी गरे।

मुलुकमा विकास निर्माण तिव्र गतिमा अगाडि बढिरहेको भन्दै उनले आगामी आर्थिक वर्षको बजेट घोषणापछि यस कार्यमा थप उपलब्धि हासिल हुने बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।