बिहीबार, साउन २१, २०८३

दिउँसोबाट पानी पर्ने सम्भावना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – शनिबार दिउँसोबाट देशको पूर्वी तथा मध्य भाग र पश्चिमका पहाडी भागमा आंशिक बदली भई वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। प्रिमनसुन चलिरहेकाले छिनछिनमै मौसम परिवर्तन भइरहेको महाशाखाले बताएको छ। विशेषगरी पोखराबाट पूर्वतर्फ दिउँसोपछि मौसम बदली भई पानी पर्ने सम्भावना रहेको छ।

राति देशको पूर्वी भूभाग तथा मध्य र पश्चिमका पहाडी भागमा आंशिक बदली हुने र बाँकी भागमा सामान्यतया मौसम सफा रहनेछ। देशका पहाडी भागका एक/दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको संभावनासमेत रहेको छ।

पूर्वमा बनेको न्यूनचापीय प्रणलीको प्रभावले अझै केही दिन दिउँसोपछि पूर्वसहित मध्य र पश्चिमको एक दुई ठाउँमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।