बिहीबार, साउन २१, २०८३

विश्वभरका मानिस रिसाहा, तनावग्रस्त र चिन्तित हुँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – विश्वभरका मानिसहरू बढी रिसाहा, तनावग्रस्त र चिन्तित हुँदै गएको एउटा अध्ययनले देखाएको छ।

संसारका १४० देशका १५०,००० भन्दा बढी मानिसहमा गरिएको अध्ययनमा उनीहरूमध्ये एक तिहाइले तनावग्रस्त भएको र पाँचमा एकजनाले दुःखी भएको वा रिसाएको बताएका छन्।

वार्षिक ग्यालप ग्लोबल इमोशन्स रिपोर्टले मानिसहरूलाई सकारात्मक र नकारात्मक अनुभवहरू सोध्ने गर्छ। प्रतिवेदनका अनुसार सबैभन्दा नकारात्मक देश चाड र नाइजर हुन् भने सबैभन्दा सकारात्मक देश पाराग्वे हो।

अध्ययनकर्ताहरूले सहभागीको एक दिन अगाडिको अनुभवलाई समेट्ने गरेका छन्।

सहभागीहरूलाई ’के तपाईँ हिजो धेरै नै हाँस्नु वा मुस्कुराउनुभयो’ र ’के तपाईँलाई सम्मानजनक व्यवहार गरियो’ भन्नेजस्ता प्रश्न गरेर मानिसहरूको दैनिक जीवनको अनुभव बुझ्ने प्रयास गरेका छन्।

ल्याटिन अमेरिकी राष्ट्रका मानिसहरूले धेरै नै सकारात्मक अनुभव हुने बताएका छन्। ग्यालपका अनुसार सो क्षेत्रमा जीवनका सकारात्मक कुराका ध्यान दिने संस्कृतिका कारण यस्तो भएको हो।

अफ्रिकी राष्ट्र चाडमा भने १० मध्ये सात जनाले गत वर्षमा कुनै बेला खानेकुरा प्राप्त गर्न पनि संघर्ष गर्नुपरेको बताएका छन्। चाडमा ६१ प्रतिशत मानिसहरूले शारीरिक पीडा भोगेको बताएका छन्।

चाडका मानिसहरूको नकारात्मक अनुभव भए पनि अमेरिका र ग्रीसका मानिसहरू धेरै तनावग्रस्त भएको पाइएको छ। ५९ प्रतिशत नागरिकहरू तनावमा रहेको बताउँदा ग्रीस संसारकै सबैभन्दा तनावग्रस्त मुलुक बनेको छ। अमेरिकामा यस्तो भन्नेको प्रतिशत ५५ रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।