धनगढी - नेपाल भारत सिमावर्ती क्षेत्र कञ्चनपुरको डोकेबजार नजिक ट्याक्टर र टिप्पर ठोक्किदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।
घाइते मध्ये आठको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जन्ती पुर्याएर बेलौरी गइरहेको से १ त २०६७ नम्बरको ट्याक्टरलाई सोही दिशा तर्फ गईरहेको टिप्परले ठक्कर दिँदा बेलौरी नगरपालिका कञ्जाहा टोलका रामकुमारी रानाको घटनास्थलमै मृत्यु भएको हो।
घाइतेहरुको धनगढीस्थित सेती अञ्चल अस्पताल र अन्य विभिन्न अस्पतालमा उपचार भइरहेको छ। टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४