बुधबार, वैशाख १२, २०८१

आफै संरचना हटाउनेलाई उपमहानगरले सम्मान गर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी - सडकको क्षेत्राधिकार भित्र पर्ने भौतिक संरचना हटाएर सहयोग गर्ने घरधनीलाई धनगढी उपमहानगरपालिकाले सम्मान गर्ने भएको छ। क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत धनगढीमा निर्माण हुने सडकमा सहयोग पुर्‍याउने घरधनीलाई उपमहानगरपालिकाले सम्मान गर्ने जनाएको छ।
 
धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर ‌ओडले आयोजना निर्माणका क्रममा सडकको क्षेत्राधिकार भित्र पर्ने भौतिक संरचना हटाएर सहयोग गर्ने घरधनीलाई उपमहानगरपालिकाले सम्मान गर्ने बताए। 'आफ्नो संरचना आफै हटाउनेलाई उपमहानगरपालिकाले उचित सम्मान गर्नेछ, नगरप्रमुख ओडले भने, ‘त्यस्ता घरधनीको नक्सा दर्तामा छुट, अगाडिको भत्काइएको भागमा रंगरोगन उपमहानगरपालिकाले गरिदिने छ।'

बिहीबारदेखि लागु हुनेगरि आयोजनाले सडक निर्माणका लागि ४५ दिने सूचना जारी गरेको छ। आयोजना निर्माणका क्रममा सडकको क्षेत्राधिकार भित्र कतिपय निजी संरचना पनि परेका छन्।
 
आयोजना अन्तर्गतको बजेटले सडक निर्माण र कालोपत्रेका लागि डिजाइन तयार गरेर ठेक्का प्रक्रिया अगाडी बढाइएको छ। 'एसियाली विकास बैंकको आफ्नै प्रकृया छ', नगरप्रमुख ओडले भने, 'त्यस कार्यमा सकारात्मक भूमिका निभाउन धनगढी उपमहानगरपालिकाको नगरबासीसँग हार्दिक अनुरोध छ।'

क्षेत्रीय सहरी विकास आयोजनाबाट सडक निर्माण भएमा धनगढीको मुहारै फेरिने भएकोले आम नगरबासीको सकारात्मक सहयोग आवश्यक रहेको वडले बताए।
 
क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत धनगढीमा २३ वटा सडकको झण्डै ४४ किलोमिटर सडक निर्माण हुने भएपनि पहिलो चरणमा ७ वटा सडकको १० किलोमिटर सडक निर्माण हुने बताइएको छ। त्यसका लागि ४५ दिने बोलपत्र आह्वान गरिएको छ। बाँकी सडक दोस्रो चरणमा निर्माण हुने छन्।
 
पहिलो चरणमा धनगढी मेनरोड, गुल्म-चौराहा रोड, धनगढी क्याम्पस गेट–जाखोरताल रोड, धनगढी–खुटीया–स्याउले रोड अर्थात डिभोटी पिपलचौतरा (उपक्षेत्रीय सडक क्षेत्र), क्याम्पस गेट देखि चटकपुर सडक रहेका छन्।
 
त्यसैगरी हसनपुर रोड र मालपोत रोड सडक पनि पहिलो चरणमा निर्माण हुने गरी बोलपत्र आव्हान गरिएको आयोजनाका इञ्जिनियर एवम् सूचना अधिकारी रुपचन्द्र बुढाथोकीले जानकारी दिए। आयोजना अन्तर्गत फोहोर व्यवस्थापन केन्द्रका लागि जग्गाको टुंगो नलाग्दा सडक निर्माणको काममा ढिलाई भएको छ। यद्दपि उक्त जग्गाको टुंगो अझै लागिसकेको छैन। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।