बुधबार, कात्तिक २६, २०८२

भुपिनको ‘मैदारो’ लोकार्पण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

Laxmi sunrise bank
kumari
बलेवा – चर्चित कवि भूपेन्द्र खड्का ‘भुपिन’को उपन्यास ‘मैदारो’को आज गृहजिल्ला बागलुङ सदरमुकाममा लोकार्पण गरिएको छ। धौलागिरि कला तथा साहित्य मञ्च, बागलुङले आयोजना गरेको एक समारोहमा उपन्यास लोकापर्ण गरिएको मञ्चका कार्यवाहक अध्यक्ष सिर्जना कार्कीले जानकारी दिए। 

समसामयिक विषयवस्तुमा तयार पारिएको उपन्यास ‘बुक्सहिल’ प्रकाशन प्रालिले प्रकाशन गरेको हो। बलेवामा जन्मिएका कवि भूपिनले बलेवा क्षेत्रमा प्रचलित मैदारो प्रथालाई विषयवस्तु बनाएर उपन्यास लेखेका छन्। बलेवामा रहेको दम्कको फाँटमा वर्षात्को समयमा रोपाइँ गर्दा सबै जग्गा धनीले एकैपटक गर्नुपर्ने र यदि कोही कसैले ढिला वा छिटो गरेमा मैदारो पर्छ भन्ने प्रचलन रहेको छ। 
 
समाजिक मान्यता र परम्परामा आधारित विषयवस्तुमा उपन्यास तयार गरिएको उनले बताए। यसअघि भुपिनका ‘क्षतिग्रस्त पृथ्वी’ र ‘मूल सडक’ कविता सङ्ग्रह, ‘शब्दको नेपथ्यमा’ संयुक्त कविता सङ्ग्रह, ‘हजार वर्षको निद्रा’ कविता सङ्ग्रह, ‘चौबिस रिल’ निबन्ध सङ्ग्रह र ‘सुप्लाको हवाइजहाज’ कविता सङ्ग्रह प्रकाशनमा रहेका छन्। कैयौँ फुटकर कविता र निबन्ध लेखेका भुपिनले पछिल्लो समय उपन्यास विधामा कलम चलाउन सुरु गरेका हुन्। उनको उपन्यासमा समाज परिवर्तनको दम रहेको प्राज्ञ प्रेम छोटा बताउँछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।