बिहीबार, साउन २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिके राउतको आक्रोस - 'प्रदेश २ मा भ्रष्ट पार्टीको भ्रष्ट सरकार'

सिके राउतको आक्रोस - 'प्रदेश २ मा भ्रष्ट पार्टीको भ्रष्ट सरकार'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - सिके राउतले राहत कोषको चरम दुरुपयोग भएको भन्दै प्रदेश २ सरकारलाई भ्रष्टको संज्ञा दिएका छन्। सामाजिक सञ्जालमा राउतले मुख्यमन्त्रीले पीडितलाई दिनुपर्ने राहत कोषको चरम दुरुपयोग गरेको भन्दै प्रदेश २ सरकारलाई भ्रष्ट पार्टीको सरकार भन्दै आक्रोस व्यक्त गरे।
 
२ नम्बर प्रदेशको नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायता निर्देशिका २०७५ को प्रावधान विपरीत व्यक्ति तथा संघसंस्थालाई जथाभावी रकम वितरण गरी कोषको चरम दुरुपयोग गरेको आरोप राउतले मुख्यमन्त्री लालबाबु राउतलाई लगाएका छन्।

असहाय, विपन्न, बेसाहारा, टुहुरा, अपाङ्गता भएका व्यक्तिलाई दिनुपर्ने आर्थिक सहायताको रकम धार्मिक कार्यक्रम, खेलकुद कार्यक्रम, साँस्कृतिक कार्यक्रम, नाटक कार्यक्रम लगायत विभिन्न अन्य धार्मिक कार्यक्रमदेखि व्यक्ति, संघसंस्थालाई वितरण गरिनुका साथै प्रदेश सांसदको उपचार खर्चमा समेत वितरण गरिएको उनले आरोप लगाएका छन्।

उनले लेखेका छन्,

भ्रष्ट प्रदेश सरकारले ककसलाई कति बाँडे हेर्नुहोस्
  • रामभरोस कापडीलाई मैथिली नाटक महोत्सव गर्नका लागि ५ लाख
  • कुशिन बुदो काई कराँते संघलाई ५ लाख
  • शिन क्योकुसन कराँते संघलाई ४ लाख
  • युनाइटेड क्रिकेट क्लब वीरगञ्जलाई ४ लाख
  • धनुषाको लक्ष्मीनियाँ यज्ञका लागि ५ लाख
  • ज्येष्ठ नागरिक सम्मेलनका लागि ३ लाख
  • मैथिली विकास कोष जीवनाथ चौधरीलाई १० लाख
  • सर्लाहीको कडेना धार्मिक कार्यक्रमका लागि १ लाख
  • हिन्दी सम्मेलनका लागि राजेश्वर नेपालीलाई ५ लाख
  • जनकपुरधाममै जेसिसको राष्ट्रिय सम्मेलनमा ५ लाख
  • जनकपुरधाममा शहीद कप क्रिकेट प्रतियोगिताका लागि ७ लाख
  • ६ जना राज्यमन्त्रीको आवास व्यवस्थापनका लागि ४/४ लाख रुपैयाँ
  • रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलालाई काठमाडौंमा क्लबको वार्षिकोत्सव कार्यक्रमका लागि १ लाख
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।