बुधबार, साउन २०, २०८३

'२०३० अगावै नेपाल मध्यम आय भएको मुलुक बन्छ'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

बेइजिङ – राष्ट्रपति विद्यादेवी भण्डारीले अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुने नेपालको तत्कालको उद्देश्य भएको बताएकी छन्। अन्तरर्राष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एण्ड रोड मञ्चको बैठकमा राष्ट्रपति भण्डारीले सन् २०३० अघि नै दिगो विकासका लक्ष्य हासिल गर्दै मध्यम आय भएको राष्ट्र बन्न नेपाल दृढताका साथ अगाडि बढेको बताइन्। 

भण्डारीले नेपालले विकासका चुनौती सामना गर्न छिमेकीलगायत अन्य मित्रराष्ट्र तथा विकास साझेदारसँग द्विपक्षीय तथा बहुपक्षीय सहकार्य र सहयोग बढाउन चाहेको बताइन्।

नेपाल–चीन सीमापार रेलवेलगायत हिमालय वारपार बहुआयामिक सञ्जालको विकासले नेपाल र चीनबीच मात्र नभई यस क्षेत्रका अन्य देशसँग समेत सम्पर्क सञ्जाललाई प्रवद्र्धन गर्ने धारणा राष्ट्रपति भण्डारीले व्यक्त गरिन्।

भण्डारीले बिएण्डआर सहकार्य, सहयोग र सम्पर्कका लागि एक महत्वपूर्ण ढाँचा भएको र आपसी हितका लागि संयुक्त प्रयास, न्यायोचित र समतामूलक विश्व व्यवस्थाका लागि समावेशी विकास र मानव जाति तथा पृथ्वीको सुरक्षाका लागि हरित विकास यसको मर्म भएको उल्लेख गरिन्।

राष्ट्रपति भण्डारीले विश्व अर्थतन्त्रको एक प्रमुख शक्ति तथा समृद्ध सभ्यतायुक्त एसियाले समृद्ध विश्वको भविष्यका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने भएकाले यसको भविष्य समावेशिता र सहकार्यमा आधारित हुनुपर्ने धारणा व्यक्त गरिन्। 

उनले चिनियाँ राष्ट्रपति सी चीन फिङको बेल्ट एण्ड रोड इनिसिएटिभ अवधारणामार्फत मानव जातिको साझा भविष्य निर्माण गर्ने दूरदृष्टिले विशाल सम्भावना बोकेको बताउँदै यसले कनेक्टिभिटीको प्रवद्र्धन, पूर्वाधार विकास, बजारलाई जोड्ने तथा यस क्षेत्र एवं बाहिरका देशहरुमाझ विभिन्न क्षेत्रमा सहयोगको अभिवृद्धिमा जोड दिएको बताइन्। ‘यसले एकाकीपनको सट्टा खुलापन, टकरावको सट्टा सहयोग तथा अर्थहीन खेलको सट्टा लाभमा आधारित सहयोगको प्रवर्द्धन गर्छ। विश्वव्यापी रुपमा स्रोत साधनको ठूलो अभाव रहेको परिप्रेक्ष्यमा दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न बिआरआइले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ।', उनले भनिन्।

राष्ट्रपति भण्डारीले बिआरआई विकासको फलबाट कुनै पनि राष्ट्र विमुख नहुने किसिमको समृद्ध भविष्यका लागि एक संयन्त्र भएको र बढ्दो कनेक्टिभिटीसँगै व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्धको लागि व्यापक अवसरको ढोका खुल्ने भएकाले नेपाल जस्तो भूपरिवेष्ठित राष्ट्रको सामाजिक आर्थिक विकासका लागि यस संयन्त्रबाट सिर्जना हुने कनेक्टिभिटी सर्वाधिक महत्वपूर्ण भएको बताइन्। 

राष्ट्रपति भण्डारीले आफूले बुद्धको भूमि तथा सर्वोच्च शिखर सगरमाथाको देश नेपालको सरकार तथा जनताका तर्फबाट न्यानो अभिवादन तथा शुभेच्छा ल्याएको बताउँदै कार्यक्रममा सहभागिता तथा तथा न्यानो आतिथ्यका लागि चिनियाँ राष्ट्रपतिलाई धन्यवाद दिइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।