बिहीबार, साउन २१, २०८३

‘हिम्मतवाली’ का नायक गौतमविरुद्ध 'रेड नोटिस' जारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – रेखा थापाको फिल्म हिम्मतवालीका हिरो सुदर्शन गौतमविरुद्ध इन्टरपोलले रेड नोटिस जारी गरेको छ। नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानव तस्करी गर्ने कार्यमा संलग्न रहेका आरोपमा उनीविरुद्ध रेड नोटिस जारी भएको हो।

मानव तस्करी अभियोगमा गौतमविरुद्ध महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ। उनीविरुद्धको काठमाडौं जिल्ला अदालतमा मानव तस्करी मुद्दा विचाराधीन छ।

गौतमको गिरोहले दुई वर्षअघि तीन युवतीलाई अमेरिका लैजानै भन्दै हाइटी पुर्‍याएको थियो। फिल्मको सुटिङका नाममा उनीहरुलाई हाइटी लगिएको थियो। अमेरिकी सामुद्रिक मार्ग पाभोमा उनीहरु चढेको पानीजहाजमा बिग्रिएको थियो। १८ दिन अलपत्र परी नेपाल फर्किएका बाँके कोहलपुरका जसोदा चन्द र पुष्पा चन्दको जाहेरीपछि गौतम मानव तस्करीमा संलग्न रहेको खुलेको हो। उनीहरूसँगै अमेरिका जान लागेकी भक्तपुरकी सुमित्रा कुँवरको भने जहाजमै मृत्यु भएको थियो।

जहाजमा उनीहरूसहित भारत, श्रीलंका, बंगलादेश र पाकिस्तानबाट लगिएका १५ युवती सवार थिए। जहाज अड्किएको १४ दिनपछि सुमित्राको स्वास्थ्य बिग्रिएको थियो।

क्यानडा बस्दै आएका दुवै हात नभएका गौतम केही वर्षअघि सगरमाथा चढेपछि चर्चामा आएका थिए। त्यसपछि उनलाई रेखा थापाले आफ्नो ‘हिम्मतवाली’ फिल्ममा अभिनय गराएकी थिइन्।

रेडनोटिस जारी भएसँगै इन्टरपोलका सदस्य रहेका १ सय ९२ देशका प्रहरीले गौतमको खोजी गर्नेछन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।