धनगढी - कञ्चनपुरमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका-२ वाणीमा शुक्रबार करेन्ट लागेर ६ वर्षीया बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय झलारीका अनुसार टेबुल पङ्खामा जोडिएको तार छुटेर करेन्ट प्रवाह हुदा ६ वर्षीया कमला भुलको मृत्यु भएको हो। यस्तै करेन्ट लागेर उनका बाजे ५५ वर्षीय देबुवा भुल सामान्य घाइते भएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४