बुधबार, साउन २०, २०८३

जित्लान त मोदीले चुनाव ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भारत – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभा चुनावका लागि वाराणसीबाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। मोदीले शु्क्रबार भारतीय समयअनुसार बिहान ११ बजेर ४० मिनेटमा निर्वाचन अधिकारीलाई आफ्नो नामाङ्न पत्र पेश गरेका थिए।

उनले यस क्षेत्रबाट लगातार दोश्रो पटक उम्मेदवारी दिएका हुन्। यसअघि उनले सन् २०१४ मा यस क्षेत्रबाट चुनाव जित्तै सांसदबाट प्रधानमन्त्रीसम्म पुगेका थिए। मोदीको प्रस्तावकमा डोमराजा परिवारका जगदिश चौधरी, भाजपा कार्यकर्ता सुभाष गुप्ता, बीएचयु स्थित महिला विश्वविद्यालयकी पूर्वप्राचार्य अन्नपूर्ण सुक्ला रहेकी छिन्।

उम्मेदवारी दर्ता गर्नुअघि मोदीले कालभैरवको दर्शन गरेका थिए। मोदीका साथ भाजपा अध्यक्ष अमित शाह, केन्द्रीय मन्त्री राजनाथ सिंह, सुष्मा स्वराज, नितिन गडकरी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ समेत सहभागी भएका थिए। 

प्रधानमन्त्री मोदीले शिवसेनाका प्रमुख उद्धव ठाकरे, शिरोमणी अकाली दलका प्रमुख प्रकास सिंह बादल, लोक जनशक्ति पार्टीका प्रमुख रामविलास पासवान, बिहारका मुख्यमन्त्री नीतीश कुमार, अपना दल सोनेलालका प्रमुख अनुप्रिया पटेलसँग भेटघाट गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।