बिहीबार, साउन २१, २०८३

अझै २ दिन आकाश नखुल्ने, ठाउँ ठाउँमा झरिको सम्भावना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- काठमाडौं उपत्यकासहित देशका अधिकांश ठाउँमा धुम्म देखिएको मौसम आइतबारबाट मात्रै खुल्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार (आज) र शनिबार (भोलि) ठाउँ ठाउँमा झरि पर्नेछ ।

शुक्रबार बिहानैदेखि देशका पूर्वी क्षेत्रका भू–भागहरुमा तथा मध्य र पश्चिमका पहाडी भु–भागहरुमा आंशिकदेखि सामान्य बदली रहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् । देशका पूर्वी क्षेत्रका केही स्थानमा तथा मध्य र पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा अपरान्हतिर मेघ गर्जन सहित वर्षाको संभावना रहेको उनले बताइन् ।

मौसमविद् पोखरेलका अनुसार रातिको समयमा देशको पहाडी भू–भागमा आंशिक बदली र बांकी भु–भागमा सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका केहि स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ ।

भारतको पश्चिम बंगालतिर बन्न लागेको न्यूनचापीय क्षेत्रको प्रभावले पूर्वसहित मध्य र पश्चिमको पहाडी भेगमा यसको प्रभाव देखिएको महाशाखाले जनाएको छ । यो प्रणाली कमजोर हुने भएकाले शुक्रबार र शनिबार मौसम नखुलेपनि आइतबारदेखि भने मौसममा सुधार आउने मौसमविद् पोखरेलले जानकारी दिइन् ।

यस्तो हुनेछ अबको तीन दिनको मौसम 

वैशाख १३  गते (शुक्रबार):

दिउँसोः देशका पूर्वी क्षेत्रका भू-भागहरुमा  तथा  मध्य  र पश्चिमका पहाडी भु-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने बांकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पूर्वी क्षेत्रका केहि स्थानमा तथा मध्य  र पश्चिमी  पहाडी भेगका थोरै स्थानहरुमा अपरान्हतिर मेघ गर्जन  सहित वर्षाको संभावना रहेको छ।

राति: देशको पहाडी भू-भागमा  आंशिक बदली र बांकि भु-भागमा सामान्यतया सफा रहनेछ । देशका पहाडी  भू-भागका एक/दुइ स्थानमा मेघ गर्जन  सहित हल्का वर्षाको संभावना रहेको छ।

वैशाख १४  गते (शनिबार):

दिउँसोः देशको पूर्वी तथा मध्य भूभाग  र पश्चिमका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पूर्वी  भूभागको थोरै स्थानहरुमा  र मध्य तथा पश्चिमी पहाडी भू-भागका एक/दुइ स्थानमा अपरान्हतिर मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

राति:देशको पूर्वी भूभाग तथा मध्य र पश्चिमका पहाडी भु-भागमा आंशिक  बदली र बांकि भु-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी  भू-भागका एक/दुइ स्थानमा मेघ गर्जन  सहित हल्का वर्षाको संभावना रहेको छ।

वैशाख १५  गते (आइतबार):

दिउँसोः देशको पूर्वी तथा मध्य पहाडी भु-भागमा आंशिक बदली र बांकि भु-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पूर्वी  भूभागको थोरै स्थानहरुमा  अपरान्हतिर मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

राति: देशको पहाडी भेगमा आंशिक बदलि र बाँकी भू भागमा मौसम सामान्यतया मौसम सफा रहने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।