बिहीबार, साउन २१, २०८३

चट्याङले वर्षेनी ज्यान लिएपछि रक्सीको साहारा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

पर्वत- पर्वतको महाशीला गाउँपालिका–६ फलामखानीका बासिन्दा मेघगर्जन शुरु भएपछि घरभित्र दाैडिन्छन् । घरमा रक्सी छर्केर ।

उक्त गाउँमा चट्याङ्बाट वर्षेनी ठूलाे धनजनकाे क्षति हुन्छ । त्यसैले मदिरा छर्केपछि चट्याङ नपर्ने परम्परागत मान्यता रहेकाेले उनीहरु मेघगर्जन हुने समयमा रक्सी छर्केर घरभित्र पस्ने गरेका हुन् ।

“घरमा रक्सी छर्केको दिन चट्याङ नपरेकाले विश्वास छ ”, स्थानीय जीतबहादुर विकले भने “मदिरा घर वरिपरि छर्केपछि दैवीप्रकोप हट्ने विश्वासले मदिरा छर्कने गरिएको हो ।”

फलामखानी गाउँमा वर्षेनी चट्याङका कारण एकदेखि तीनसम्म मानिसको ज्यान जाने र धेरै पशुधनको समेत क्षति हुने गरेको सो गाउँका ठाकुर रसाइलीको भनाइ छ । “मानवीय क्षति नभएको वर्ष नै हुँदैन ”, उनले भने ।  

उक्त गाउँ पर्वतको सबैभन्दा बढी चट्याङ पर्ने गाउँको रुपमा परिचितसमेत रहेको छ । आफूले थाहा पाएदेखि झण्डै २० को चट्याङका कारण मृत्यु र त्यत्तिकै संख्यामा घाइते भएको उनले बताए ।

अर्का वृद्ध धनबहादुर विश्वकर्माले चट्याङका कारण गाउँमा ठूलो समस्या भएपनि वर्षेनी चट्याङ पर्नुको कारण पत्ता नलागेको बताए । “फलामको धाऊ भएर हो वा अन्य कारणले हो भन्ने पत्ता लगाउन सके सुरक्षित हुन सकिन्थ्यो”, उनले भने।

झण्डै ८० वर्ष अघिसम्म उक्त स्थानमा रहेको फलामखानीबाट फलाम निकाल्ने गरिएको स्थानीयको भनाइ छ । अहिले भने उक्त खानी बन्द छ । उक्त गाउँ जिल्लाकै सबैभन्दा विकट गाउँसमेत हो ।

पछिल्लो समय नेपाल टेलिकम र एनसेलको टावरसमेत निर्माण भएको उक्त गाउँमा चट्याङका घटना झनै बढ्न थालेको स्थानीयवासीले बताएका छन् । दिउँसोको समयमा मेघगर्जन भएमा विद्यालय नै बन्द गर्नुपर्ने अवस्था रहेको स्थानीय बलबहादुर क्षेत्रीले बताए ।

वर्षेनी चट्याङबाट हुने क्षति न्यूनीकरण गर्नका लागि कुनै सचेतनामूलक कार्यक्रम पनि सञ्चालन हुन नसकेको स्थानीयको गुनासो छ । वर्षेनी चट्याङको पीडा खेप्न नसकेको गाउँका झण्डै एक दर्जन परिवार बसाइँसराइसमेत गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।