बुधबार, साउन २०, २०८३

नेकपा एकीकरण : प्रदेश २ मा व्यापक असन्तुष्टि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – जिल्ला तहमा पार्टी एकीकरण भए लगत्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र प्रदेश २ मा विवाद चुलिएको छ। जिल्ला तहमा गरिएको एकीकरणप्रति कतिपय शीर्ष नेतृत्वले असन्तुष्टि व्यक्त गरिरहेको बेला प्रदेश २ मा समेत नेताहरु असन्तुष्ट देखिएका छन्।

पार्टीका अध्यक्षद्वयले गरेको एकीकरणको निर्णयप्रति असन्तुष्टि जनाउँदै प्रदेश २ का चारजना सचिवले पद लिन अस्वीकार गरेका छन्। आफूभन्दा कनिष्ठ पूर्व एमालेका नेतालाई अध्यक्ष बनाइएको र केन्द्रीय कमिटी सदस्यलाई प्रदेश मातहत बस्नेगरी दिइएको जिम्मेवारीप्रति पूर्व माओवादीका नेताहरु असन्तुष्ट देखिएका छन्।

सचिवालयले आफूहरुको मानमर्दन हुने गरी पदीय जिम्मेवारी दिएको भन्दै धनुषाका सचिव श्रवण यादव बरबरिया, सर्लाहीका सचिव डाचाराज वाग्ले, पर्साका सचिव विजयप्रसाद महतो र रौतहटका सचवि युवराज भट्टराई सचिव पद लिन अस्वीकार गरेको बताइएको छ।

धनुषाका सचिव बरबरियाले सचिवालयको निर्णयप्रति टिप्पणी गर्दै ‘कहिँ नभएको जात्रा हाँडी गाउँमा’ भए जस्तै पार्टीले पदीय जिम्म्ेवारी दिएको प्रतिक्रिया दिएका छन्। पार्टी नेतृत्व ह्यांग भएर कि पागल भएर यस्तो निर्णय गरेको हो बुझ्न नसकेको भन्दै उनले आफूले पाएको सचिव पद स्वीकार नरहेको पार्टी अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’लाई जानकारी गराइसकेको बताए।
‘पार्टीले त्रुटिपूर्ण निर्णय गरेको छ,’ नेपाल समयसँग उनले भने, ‘जुन प्रक्रिया पुर्‍याएर पदीय जिम्मेवारी दिइएको हो त्यो गलत र अस्वीकार्य छ।’

‘पार्टी कसैको चंगुलमा फसेको जस्तो हामीलाई लागेको छ,’ बरबरियाले भने, ‘जिल्ला तहमा एकीकरणसम्बन्धी पार्टी र जनताको हितविपरित छ।’ ‘शीर्ष बौलाएको जस्तो लागेको छ, उनीहरुको दिमाग ठिक ठाउँमा छैन,’ बरबरियाले थपे, ‘पार्टीभित्र राणा, पंचायती र शोसकजस्तो प्रवृत्तिको विकास हुँदै गएको छ।’ तीन/चार जिल्लाको इञ्चार्ज बनेर काम गरिसकेको व्यक्तिलाई पार्टीले सचिवको जिम्मेवारी कुन हिसाबले दियो बुझ्न नसकेको उनले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।