शनिबार, साउन १२, २०८१

घुस खाएर चालक अनुमतिपत्र

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
Metro Mart
vianet
धनगढी - महेन्द्रनगरस्थित यातायात व्यवस्था कार्यालय कन्चनपुरले घुस खाएर चालक अनुमतिपत्र दिएको पुष्टि भएको छ। मोटरसाइकल र स्कुटरको सवारी चालक अनुमतिपत्र वितरण गर्दा रकम असुल्दै वितरण गरेको पुष्टि भएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार यातायात महेन्द्रनगरले घुस खाएर चालक अनुमतिपत्र दिएको पुष्टि भएको हो। कार्यालयले मोटरसाइकल र स्कुटरको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा अनुत्तिर्ण र अनुपस्थित भएका आठ परीक्षार्थीलाई उत्तिर्ण गराई सवारी चालक अनुमतिपत्र दिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।

२०७२ असार १६ गतेदेखि २६ गते सम्म सञ्चालन भएको प्रयोगात्मक परीक्षामा असफल भएका परीक्षार्थीहरूबाट ५ देखि १५ हजार रकम असुल गरी चालक अनुमतिपत्र दिएको उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो। यातायात व्यवस्था कार्यालय, कन्चनपुरका तत्कालीन निमित्त कार्यालय प्रमुख एवं परीक्षा समितिका अध्यक्ष सिताराम खनाल, मेकानिकल इन्जिनियर एवं परीक्षा समितिका सदस्य योगेन्द्रप्रसाद गुप्ता र जिल्ला ट्राफिक प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षक एवं परीक्षा समितिका सदस्य बाबुकाजी गिरीको संगलनतामा चालक अनुमती पत्र वितरण गरिएको खुलेको छ।
 
उक्त कुरा पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर गरेको सप्रमाण पुष्टि भएकाले तीनै जनालाई सजाय हुन मागदाबी गर्दै विहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।