बिहीबार, साउन २१, २०८३

धनगढी विमानस्थल एक महिना बन्द हुने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी – धनगढी विमानस्थल एक महिनाका लागि बन्द हुने भएको छ। धावनमार्ग अति जिर्ण भइसकेकाले स्तरोन्नतीका लागि वैशाख २२ गतेदेखि एक महिनासम्म विमानस्थलमा उडान बन्द गरिने विमानस्थलका प्रमुख तेज बहादुर बुढ्थापाले बताए। 

झण्डै २२ करोडको लगानीमा धनगढी विमानस्थलमा धावनमार्ग र पार्कीङ क्षेत्र विस्तारको कार्य हुने भएकाले एक महिनाका लागि बन्द गर्ने निर्णय गरेको उनले बताए। उक्त सुचना नेपाल नागरिक उड्यान प्राधिकरणको प्रधान कार्यालयलाई प्रकाशन गर्न आग्रह गर्ने निर्णय पनि भएको उनले जानकारी दिए। 

त्रिभुवन विमानस्थल पछिको सवैभन्दा ठुलो धावनमार्ग रहेको धनगढी विमानस्थलमा धावन मार्ग र पार्कीङ क्षेत्र विस्तारका लागि ठेक्का सम्झौतासमेत भएको छ। 

त्यस्को ठेक्का लुम्वीनी, कोषी एण्ड न्यौपाने, खड्का, कोईराला जेभी काठमाडौंले पाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवन्धक तथा धनगढीमा निर्माण आयोजनाका प्रमुख रत्नवहादुर श्रेष्ठले बताए। उनका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्षभित्र सेवा सुधारका लागि धनगढी विमानस्थलमा विभिन्न काम गर्दै आएको छ। 

नेपाल नागरिक उड्यान प्राधिकरणका अनुसार धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्वाईको कालोपत्रे धावनमार्ग छ। १७ करोड ८८ लाखमा अब धावनमार्गमा थप कालोपत्रे गरिने छ भने दुवैतर्फ २÷२ मिटर धावनमार्ग फराकिलो बनाउने योजना समेत रहेको छ।

यस्तै अहिले ३ वटा जहाज पार्कीङको व्यवस्था रहेकोमा अव थप एक जहाज पार्कीङ गर्न सक्ने गरि पार्किङ क्षेत्र विस्तार योजना रहेको छ। चालुआर्थिक बर्षमा धवनमार्ग वृद्धि, दमकलको सुविधा थप, एप्रोच लाइट र अन्य लाइटहरु थप, सञ्चार उपकरण वृद्धिलगायतका सेवा थप र विस्तारको काम अगाडी बढिरहेको प्राधिकरणले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।