काठमाडौं - कतारका लागि नेपाली राजदुत रमेश कोइरालालाई सरकारले फिर्ता बोलाउने भएको छ। वैशाख ५ र १० गतेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सूचना प्रविधिमन्त्री मन्त्री गोकुल बाँस्कोटाले कतारका लागि नेपाली राजदुतलाई फिर्ता बोलाउने निर्णय भएको जानकारी गराए।
प्रवक्ता बाँस्कोटाले सरकारलाई आवश्यकता महसुस भएर राजदूतलाई फिर्ता बोलाएको बताए। बास्कोटाले भने, ‘यसमा किन कसो भन्ने हुँदैन। सरकारको अधिकारको कुरा हो। किन र के को लागि फिर्ता गरिएको नसोध्नुस्।’
बाँस्काेटाले २०७६ भित्रै भूकम्प पीडितलाई सरकारले छानामुनी ल्याउने बताए। उनले पूनर्निर्माणकाे कार्य तिव्र गतिमा अघि बढीरहेकाे बताए। यस्तै बैठकले बारा र पर्सामा हावाहुरीले क्षतिग्रस्त घर निर्माणका लागि नेपाली सेनालाई ८४ करोड ६८ लाख रुपैयाँ दिने निर्णय गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४