बुधबार, साउन २०, २०८३

यस्ता भए भूकम्पबाट २२ घण्टा पुरिएका 'लक्की ब्वाई'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

बुधबार बिहान साढे ६ बजे राजधानीमा गएको भूकम्पको झट्काले रमिला अवालको मनलाई त्रिसित बनायो। बेलाबेला दिने भूकम्पका धक्काले रमिलालाई २०७२ साल बैशाख १२ गतेको नमिठो घटनाले चस्कारहन्छ। भूकम्पको धक्का आउँदा उनी ५ वर्षका छोरा सोनिस अवाललाई अँगालोमा बाँधेर हतारहतार भाग्न खोज्छिन्।

२०७२ साल वैशाख १२ मा भूकम्प जाँदा सोनिस भर्खरै ४ महिनाका थिए। उनी छोरा सोनिसलाई  सुताएर पसलमा सामान किन्न गएका बेला भूकम्प गएको थियो। टिभी हेरेर बसेकी ११ वर्षकी छोरी सोनियालाई भाइ हेर भनेर उनी निस्किएकी थिइन्। भूकम्पले जेठाजुको १८ वर्षीया छोरीको मृत्यु भएपछि उनी निकै अत्ताालिइन्, हारगुहार मागिन्। चार महिने काखे छोराको अवस्था पत्ता नलाग्दा अवाल विचलित भइन्।

पसल पुग्न नपाउँदै वरपरका सबै भवन र जमिन एक्कासी हल्लिए। वरपरका पक्की घर भत्किएको बेला आफ्नो कच्ची घर झन् के भयो होला ? घरमा रहेका छोराछोरीको अवस्थाले चिन्तत बनायो उनलाई। पसलबाट फर्कंदा घर भग्नावशेषमा परिणत भइसकेको थियो। छोराछोरीको अत्तोपत्तो थिएन। त्यो देख्दा उनी शिथिल भइन्। छोरी सोनियाको उद्धार भइसकेको रहेछ। तर छोराको पत्तो थिएन।



यसरी बचे सोनिस

कोठामा एक्कासि टिभी हल्लियो। दराज र टिभी हल्लेको देखेर सोनियालाई अचम्म लागेको थियो। के भएछ भनेर भ्यालबाहिर हेर्दा भूकम्प आएको भन्दै सबै दौडिरहेको थिए। त्यसपछि उनी पनि हतारिएर भर्‍याङ झर्ने लागेकी थिइन्। कोठामा सुतिरहेको भाइको मायाले उनलाई एक्लै भाग्न दिएन। 

कोठामा आइन्। बेतोडले हल्लाइरहेको समयमा उनले भाइलाई च्याप्प समाइन्। भर्‍याङ  झर्न मात्र लागेकी थिइन्, कम्पनले उनी नराम्ररी पछारिइन् भने सोनिस उनको हातबाट फुत्किएर कता पुग्यो उनलाई थाहा भएन्।

सोनियाको पनि खुट्टामाथि र टाउको तल भएको अवस्थामा उद्धार भएको थियो। भूकम्प गएको २२ घन्टासम्म पनि सोनिसको खोजी जारी थियो। उद्धारमा खटिएका नेपाली सेनाले कहीं बाट आवाज सुने। बच्चा रोएको सुनियो। त्यसपछि खोजी गर्दा धुलोले पुरिएको  अवस्थामा सोनिस भेटिएका थिए।

चार वर्ष पुरा भई ५ वर्षमा टेकेका सोनिस अहिले भक्तपुरकै एभरेस्ट स्कुलमा युकेजीमा पढ्छन्। शिक्षकले उनलाई सोनिस तिमी भूकम्पमा यसरी फसेको र यस प्रकार उद्धार भएको सुनाउँदा उनी घर आएर आमा रमिलालाई सुनाउँछन् रे।

सोनिसका पिता श्याम अवाल पेसाले सवारी चालक हुन् भने रमिला सिलाइ बुनाइको काम गर्छिन्। भूकम्पताका मूलढोकास्थित आफ्नै घरमा बस्दै आएका अवाल परिवार अहिले कोठमा बस्दै आएको छ।

राम्रो आर्थिक अवस्था नभएको अवाल परिवारलाई भूकम्पले अर्को चोट थपेको त छ। अवाल दम्पती खुसी नै छन् आफ्ना सन्तान सकुशल उद्धार भएकोमा। उनहरू नेपाली सेनालाई धन्यवाद दिइरहन्छन्।

२२ घण्टा पुरिएका सोनिस यस्ता भए (भिडियो)
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।