आइतबार, असार २२, २०८२

भूकम्पले ढलेका साढे ३ हजार विद्यालय अझै उठेनन् 

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
काठमाडौं- भूकम्पले क्षति पुगेका सात हजार ५५३ विद्यालय भवनमध्ये करिब आधा विद्यालय अझै बन्न सकेका छैनन् । भूकम्प गएको ४ वर्षको अवधीमा चार हजार २५३ विद्यालय भवनको मात्रै पुनःनिर्माण भएको छ । 

हाल दुई हजार १३१ विद्यालय भवन बनिरहेको छ । एक हजार १६९ विद्यालय भवन अझै पुनःनिर्माण शुरु हुन नसकेको प्राधिकरणले जनाएको छ । 

यसैगरी भूकम्पले ४९ हजार ६८१ कक्षा कोठामा क्षति पुगेको थियो । वैशाख पहिलो सातासम्म १८ हजार ४५६ कक्षा कोठा पुनःनिर्माण सम्पन्न भएको छ । १८ हजार ५५० कक्षा कोठा बनिरहेका छन् । १२ हजार ६७५ कक्षा कोठा अझै बन्न सकेको छैन । 

भूकम्पले क्षति पुगी पुनःनिर्माण गर्नुपर्ने विभिन्न विश्वविद्यालयका ३० क्याम्पसमध्ये हालसम्म दुई वटाको मात्र काम सम्पन्न भएको छ । हाल २१ क्याम्पस भवन पुनःनिर्माण भइरहेको प्राधिकरणका सहप्रवक्ता घिमिरेले बताउनुभयो । सात क्याम्पस भवन अझै पुनःनिर्माण शुरु हुन सकेको छैन । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।