आइतबार, वैशाख २८, २०८२

भूकम्पले भत्किएका ४० प्रतिशत सरकारी भवन बनेनन्

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
triton college
National life insurance
काठमाडाैं- विनाशकारी भूकम्पले भत्काएका सरकारी भवनहरुको पुनःनिर्माण अत्यन्त सुस्त देखिएको छ । भूकम्प गएको ४ वर्ष बित्दा अहिलेसम्म जम्मा २६२ वटा मात्रै सरकारी भवन पुनःनिर्माण भएका छन् । 

गोरखा भूकम्पले क्षति पुगेका ४१५ सरकारी भवन बनाउनुपर्ने तथ्याङ्क छ । १४५ भवन पुनःनिर्माण भइरहेको छ । आठ वटा सरकारी भवन पुनःनिर्माणको काम समेत सुरु नभएको राष्ट्रि पुनर्निर्माण प्राधिकरणले जनाएको छ । 

हालसम्म ६३ प्रतिशत सरकारी भवन पुनःनिर्माण सम्पन्न भएकामा चालू आर्थिक वर्षको अन्त्य सम्ममा ७५ प्रतिशत पूरा गर्ने लक्ष्य रहेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए ।  

आर्थिक वर्ष २०७६÷२०७७ मा ९० प्रतिशत पुनःनिर्माण सक्ने लक्ष्य छ । आव २०७७÷२०७८ मा ४१५ वटै सरकारी भवनको पुनःनिर्माण सकिने उनले बताए । भूकम्पले १६२ सरकारी भवनमा पूर्ण र २५३ मा आंशिक क्षति पुगेको थियो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।