बुधबार, साउन २०, २०८३

सरकारले यो वर्ष बेरोजगार भत्ता बाड्न नसक्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सरकार यो आर्थीक वर्षमा वेरोजगार भत्ता नबाड्ने भएको छ ।
 
बेरोजगार पहिचान, उपलब्ध रोजगारी यकिन गर्ने कार्यमा ढिलाई भएको र न्यूनतम रोजगरीको अवधि बाँकी  भएको भन्दै सरकारले चालु आर्थिक वर्षमा वेरोजगार भत्ता नबाड्ने भएको हो ।

सरकारले बेरोजगारलाई न्यूनतम रोजगारी दिन नसकेमा बेरोजगारलाई भत्ता उपलब्ध गराउने भन्दै गत फागुन १ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रममा घोषणा गरेका थिए।
 
हरेक स्थानीय तहमा रहेर रोजगार सेवा केन्द्रले १६ देखि ६० वर्ष उमेर समूहका बेरोजगारको पहिचान गर्ने, अभिलेख तयार पार्ने कार्यक्रमको सहजीकरण गर्ने र स्थानीयस्तरमा तीनै तहका सरकारले उपलब्ध गराउने रोजगारीको पहिलाचन गरी रोजगार केन्द्रमा सूचीकृत बेरोजगारका लागि रोजगारी कार्यक्रम सञ्चालन गर्ने योजना रहेको थियो।

तर रोजगार संयोजक नियुक्ति गर्न दुई पटक परीक्षा सञ्चालन गर्दासमेत अझै २५ स्थानीय तहमा संयोजक खटाउन सकेको छैन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।