बुधबार, साउन २०, २०८३

निजी स्कूलमा वृद्धि गरिएको २७ प्रतिशत शुल्क खारेज

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौँ- निजी विद्यालयले २७ प्रतिशतसम्म शुल्क बढाउन पाउने भनि गरिएको निर्णय काठमाडौँ महानगरपालिकाले कार्यान्व्यन नगर्न निर्देशन दिएको छ । महानगरपालिका आफैले गत महिना १० देखि २७ प्रतिशतसम्म शुल्क बढाउन निजी विद्याललाई छुट दिएको थियो । 

कामपामा बुधबार बसेको शिक्षा समितिको बैठकले गत चैत अन्तिम साता कामपा शिक्षा विभागले संस्थागत विद्यालयलाई क, ख, ग र घ वर्गमा विभाजन गरी शुल्क निर्धारण कार्यान्वयन नगर्ने निर्णय गरेको हो । कामपाको नगरप्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा बसेको बैठकले विभागको उक्त निर्णय समितिमा पेश नभएकाले हाल पुरानैअनुरुप भर्ना अभियान हुने कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए ।  

यसै शैक्षिक सत्रदेखि लागू हुने गरी सबै संस्थागत (निजी) विद्यालयको शुल्क निर्धारण गरिएको थियो । शैक्षिक सत्र २०७६ को आधारभूत तह कक्षा १ देखि ५ सम्म ‘घ’ वर्गमा पर्ने विद्यालयको अधिकतम शुल्क रु एक हजार ६३०, ‘ग’ वर्गका विद्यालयको रु दुई हजार, ‘ख’ वर्गका विद्यालयको रु दुई हजार ४१८ र ‘क’ वर्गका विद्यालयको रु दुई हजार, ८१२ निर्धारण गरेको थियो । 

आधारभूत तहकै कक्षा ६ देखि ८ सम्म ‘घ’ वर्गका विद्यालयको अधिकतम शुल्क रु एक हजार ९०१, ‘ग’ वर्गका विद्यालयको रु दुई हजार ३५१, ‘ख’ वर्गका विद्यालयको रु दुई हजार ८०१ र ‘क’ वर्गका विद्यालयको रु तीन हजार, २५१ कायम गरेको थियो । माध्यमिक तहतर्फ कक्षा ९ र १० मा ‘घ’ वर्गमा पर्ने विद्यालयले रु तीन हजार ५३७ अधितम शुल्क लिन पाउने व्यवस्था गरिएको थियो । यसअघि उक्त वर्गका लागि अधिकतम शुल्क रु तीन हजार रु ८३८ थियो । 

त्यस्तै ‘ग’ वर्गका लागि तीन, हजार ४९, ‘ख’ वर्गका लागि रु तीन हजार, ७६२ र क वर्गका लागि रु चार ३७३ अधिकतम शुल्क तोकिएको थियो । काठमाडौँ महानगरमा ९१ सामुदायिक र ६४५ संस्थागत विद्यालय छन् । यी विद्यालयमा दुई लाख तीन हजार ९७१ विद्यार्थी अध्ययनरत छन्  । यसमध्ये एक लाख ५८ हजार ९७१ संस्थागत विद्यालयमा र बाँकी सामुदायिक विद्यालयमा अध्ययनरत छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।