बुधबार, साउन २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चार वर्षमा साढे ४७ हजार पराकम्प, अझै ठूलो भूकम्पको खतरा

चार वर्षमा साढे ४७ हजार पराकम्प, अझै ठूलो भूकम्पको खतरा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- विनासकारी भूकम्प गएको चार वर्षको अवधिमा ४७ हजार ८ सय १५ वटा परकम्प गएका छन् ।
 
२०७२ वैशाख १२ गते ७.८ रेक्टर स्केलको भूकम्प गएपछि चार वर्षको बीचमा यति धेरै परकम्प गएको हो  । अझैसम्म पनि परकम्प जाने क्रम रोकिएको छैन् ।

बुधबार मात्रै मज्जै महशुस हुने गरि दुईवटा परकम्प गएका थिए । पहिलो झट्का बिहान ६ः२९ मा धादिङको नौबिसे केन्द्र भएर ५.२ म्याग्नीच्युटको गएको थियो भने त्यसको १२ मिनेटपछि ककनी क्षेत्र केन्द्र भई ४.३ रेक्टर स्केलको अर्को परकम्प गएको थियो ।
 
२०७२ वैशाख १२ पछि ६ देखि ६.५ रेक्टर स्केलको परकम्प मात्रै ६ वटा गएका छन् । ५ देखि ६ रेक्टर स्केलको परकम्प १३५ वटा गएका छन् भने ४ देखि ५ रेक्टर स्केलको परकम्प १ हजार ४७ वटा गएका छन् । ४ रेक्टर स्केलभन्दा तल ४६ हजार ६२६ वटा परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

चार वर्षमा गएका भूकम्प र परकम्पन 

७ रेक्टरभन्दा माथि (गोरखा भूकम्प) १

६ देखि ६.५ रेक्टर स्केल– ६

५ देखि ६ रेक्टर स्केल–  १३५ 

४ देखि ५ रेक्टर स्केल– १ हजार ४७ 

४ रेक्टरभन्दा तल– ४६ हजार ६२६ 

अझै ठूलो भूकम्पको जोखिम 

भूगर्भविद्हरुले गरेको विभिन्न अध्ययनले अझै पनि ठूलो  भूकम्प आउन सक्ने सम्भावना कायमै रहेको देखाएकाे छ । उनीहरुले बेला बेला फेरि भूकम्प आउन सक्ने भन्दै चेतावनी समेत दिदै आएका छन् ।

नेपाल उच्च भूकम्पीय जोखिम भएको देश भएकाले पनि यो सम्भावना बढि रहेको भूगर्वविद् अनन्त गजुरेल बताउँछन् । नेपाल विश्वकै भूकम्पीय जोखिमयुक्त देशको सूचीमा ११ औं स्थानमा पर्छ । 

नेपालको चुरेको भूभागमाथि तिब्बतीय र भारतीय प्लेटको टकराव हुन्छ, त्यसले शक्ति पैदा गर्छ, त्यसले गर्दा यो क्षेत्र भूकम्पीय जोखिममा रहेको छ। शक्ति जम्मा हुने र क्षीण हुने चक्र हुन्छ र त्यसैले गर्दा भूकम्प जाने गजुरेलको भनाइ छ ।  'नेपालमा भूकम्प गइरहनुको मुख्य कारण यहि हो । प्लेट चलायमान भइरहेकाले अझै पनि ठूलो भूकम्प आउन सक्छ ।' उनले भने । 

उनका अनुसार नेपाको पश्चिमी क्षेत्र भूकम्पको अत्यन्त ठूलो जोखिममा छ । यद्यपी कहिले कुन मात्रा जान्छ त्यो भने भन्न नसकिने उनले बताए । पश्चिम नेपालमा सन् १५०५ पछि ठूलो भूकम्प भगएको छैन् । लामो समयदेखि ठूलो भूकम्प नगएका कारण ठूलो भूकम्पको सम्भावना भने कायमै रहेको भूगर्वविद् गजुरेल बताउँछन् । 

नेपालको पूर्वी, मध्य र पश्चिम क्षेत्रको अध्ययन गर्दा मध्य नेपालमा ८० देखि सय वर्षको अवधिमा ठूला भूकम्प गएको पाइन्छ । १९९० मा भूकम्प गएपछि २०७२ मा त्यति ठूलो भूकम्प गएको थियो ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।