बुधबार, साउन २०, २०८३

महाधिवेशन तत्काल गर्न राजपा भित्रै यस्तो दबाब

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले पार्टीको राष्ट्रिय महाधिवेशन तत्काल गर्न नेतृत्वलाई दिबाब दिन सुरु गरेका छन्। तीन दिनदेखि काठमाडौंमा जारी राष्ट्रिय जनता पार्टी नेपालको पदाधिकारी समितिको बुधबारको बैठकमा नेताहरुले राष्ट्रिय महाधिवेशन तत्काल गर्न पार्टी नेतृत्वलाई दबाब दिएका हुन्।

बैठकमा अधिकांश नेताहरुले राष्ट्रिय महाधिवेशन छिटोभन्दा छिटो सम्पन्न गर्न पार्टी नेतृत्वलाई सुझाव दिएको महासचिव केशव झाले जानकारी दिए। 

राष्ट्रिय जनता पार्टी नेपालको यही वैशाख ७, ८ र ९ गते गर्ने भनिएको राष्ट्रिय महाधिवेशन तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो। बैठकमा नेताहरुले अब भने महाधिवेशन गर्न ढिलाई गर्न नहुनेमा जोड दिएका थिए।

त्यसैगरी समान विचार भएका पार्टीहरुसँग एकता गरेर पार्टीलाई शक्तिशाली बनाउने विषयमा पनि नेताहरुले जोड दिएको महासचिव झाले बताए। राष्ट्रिय जनता पार्टी, नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालसँग पार्टी एकताका विषयमा छलफल जारी छ।

बैठकले सरकारविरुद्धको आन्दोलनको कार्यक्रमलाई सशक्त रुपमा अघि बढाउने तयारी पनि गरेको राष्ट्रिय जनता पार्टी नेपालले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।