बुधबार, साउन २०, २०८३

नेता ताम्राकारको निधनले अपूरणीय क्षति : कांग्रेस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेपाली कांग्रेस संसदीय दलको कार्यालयले पूर्वमन्त्री एवं पार्टीका पूर्व केन्द्रीय कोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधनप्रति दुःख व्यक्त गरेको छ। कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले बुधबार विज्ञप्तिमार्फत् नेपालको लोकतान्त्रिक आन्दोलनमा स्व ताम्राकारले पुर्‍याएको योगदानको स्मरण गर्दै उनको निधनप्रति दुःख व्यक्त गरेका छन्। 

प्रमुख सचेतक खाँणले ताम्राकारको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। नेता ताम्राकारको मङ्गलबार उपचारको क्रममा ललितपुरस्थित अल्का अस्पतालमा निधन भएको थियो। 
    
विसं २०४८ र २०५६ मा कांग्रेसको तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित भएका स्व ताम्राकारले स्वास्थ्य, उद्योग, वाणिज्य तथा आपूर्तिलगायत विभिन्न मन्त्रालयको जिम्मेवारी निर्वाह गरेका थिए।

कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको प्रेरणाबाट राजनीतिमा प्रवेश गरेका स्व ताम्राकारले प्रजातन्त्र एवं लोकतन्त्र स्थापनाको सङ्घर्षमा क्रियाशील रहँदा पटक–पटक जेलनेल र यातना सहेका प्रमुख सचेतक खाँणले बताएका छन्। 

स्व नेता ताम्राकारले राजनीतिक जीवनबाहेक बुद्ध दर्शनका साथै विभिन्न स्थानमा गुम्बा, मठ, मन्दिर निर्माण तथा समाजसेवाको कार्यमा समेत अतुलनीय योगदान पुर्‍याएका छन्। नेता ताम्राकारजस्तो एक कुशल नेता एवं समाजसेवीलाई गुमाउनु पर्दा राष्ट्र र कांग्रेसलाई अपूरणीय क्षति पुगेको विज्ञप्तिमा उल्लेख छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।