बुधबार, साउन २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जम्बो टोली बोकेर राष्ट्रपति चीन प्रस्थान, यस्तो छ कार्यतालिका 

जम्बो टोली बोकेर राष्ट्रपति चीन प्रस्थान, यस्तो छ कार्यतालिका 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नौ दिने राजकीय भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छिन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा करिब ८० जनाको जम्बो टोली बोकेर राष्ट्रपति भण्डारी चीन प्रस्थान गरेकी हुन् ।
 
भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल लगायतका विशिष्ट व्यक्तिहरु समेत सहभागि हुने भएका छन् ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय वार्ता हुनेछ। त्यसक्रममा नेपालमा रेल, सुरुङमार्ग, अन्तरदेशीय विद्युत् प्रसारण लाइन लगायतका विषयमा छलफल हुने बताइएको छ । राष्ट्रपतिको भ्रमणकै क्रममा दुवै देशबीच व्यापार तथा पारवहन सन्धिको प्रोटोकलमा हस्ताक्षर पनि हुनेछ ।

राष्ट्रपति भण्डारी अन्तर्राष्ट्रिय बागवानी सम्मेलनमा सहभागी हुने र नेपाली स्टलहरुको अवलोकन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसक्रममा बेइजिङमा आयोजना हुने नेपाल र चीनका व्यापारिक समुदायको संयुक्त बैठकलाई पनि सम्बोधन गर्ने पनि तय भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।